Thursday, March 28, 2024
Homeसम्पादकीयआत्मविश्वासका नाममा अटेरी

आत्मविश्वासका नाममा अटेरी

- Advertisement -spot_img

कोरोना महामारी फेरि उकालो लागेको छ । संक्रमित दिनदिनै बढिरहेका छन् । अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाखको नजिक पुगिसकेको छ । संक्रमित दिनदिनै उच्चगतिमा थपिदै गएपनि सार्वजनिक स्थानमा भिडभाड भने कम हुन सकेको छैन् । भिडभाड कम गर्न सार्वजनिक स्थानमा सरकारले खोप कार्ड अनिवार्य लागू गरेपनि भिडभाडमा कमि आउन नसक्नुले लापरवाही बढाएको पक्का छ ।

कोरोना संक्रमणको जोखिम पछिल्लो समय फेरि बढ्दै गएपनि नागरिकमा आत्मविश्वास पनि उत्तिकै रूपमा बढेको देखिन्छ । कोरोनाविरूद्धको खोप लगाएका मात्रै होइन्, खोप नलगाएका पनि खुलेआम भिडभाडकै बीचमा नियमित कामलाई निरन्तरता दिएका छन् । सरकारले जोखिम कम गर्न भन्दै विभिन्न प्रोटोकल लागू गरेको छ । धेरै नागरिकले कोरोनालाई अब अरू रोगजस्तै सामान्य ठाने नियमित कामकाज गरिरहेका छन् । कोरोना रोकथामका लागि लागू गरिएका मापदण्ड पालना कम मात्रै हैन अटेरीसमेत हुन थालेको छ ।

स्वास्थ्यमा देखिने जुन कुनै समस्या समस्या नै हो । यसबाट बच्नका सावधानी अपनाउनु नै पर्छ । सार्वजनिक स्थल र सवारी साधनका अझ बढी सचेत र गम्भीर हुनु अहिलको आवश्यकता छ । कोरोना महामारी बढ्दै गर्दा सावधानीमा कमि देखिनु भनेको नागरिकमा आत्मविश्वास बढ्नु हो ।


देशभर संक्रमित थपिने क्रम बढे पनि मृत्युदर कम छ । त्यो सकारात्मक पक्ष हो कोरोनाको प्रभाव स्वास्थ्यमा देखिए पनि मृत्युदर निकै कम छ । त्यसैले पनि नागरिकले कोरोना रोकथामका लागि तोकिएका मापदण्ड पालनामा लापरबाही गरेका छन् । सक्रिय संक्रमितमध्ये अधिकांश घरमै रहेका छन् । खोपको प्रभावका कारण पनि संक्रमणबाट हुने प्रभाव कम देखिएको छ । संक्रमित थपिने दर उच्च भएपनि मृत्युदर कम भएका कारण पछिल्लो समयमको कोरोनालाई हाउगुजी बनाउन नहुने धेरैको बुझाइ छ ।

हरेक वर्ष मौसम परिवर्तनमा आउने अरू रोगजस्तै कोरोनालाई पनि लिनुपर्ने सुझाव पनि आएको देखिन्छ । यो आउँदै गर्दा गतवर्षको भयावहको अवस्था पनि भुल्न हुँदैन जस्तो लाग्छ । रोगलाई सानो मानेर पुनः स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड पालना नगर्दा र लापरवाही बढाउन जोखिम बढ्न सक्छ । सर्वसाधारण नागरिक मात्रै होइन्, जिम्मेवार निकायका पदाधिकारी पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सकेका छैन् ।

स्वास्थ्यमा देखिने जुन कुनै समस्या समस्या नै हो । यसबाट बच्नका सावधानी अपनाउनु नै पर्छ । सार्वजनिक स्थल र सवारी साधनका अझ बढी सचेत र गम्भीर हुनु अहिलको आवश्यकता छ । कोरोना महामारी बढ्दै गर्दा सावधानीमा कमि देखिनु भनेको नागरिकमा आत्मविश्वास बढ्नु हो । कोरोनाकै कारण आर्थिक क्षेत्र संकटको अवस्थामा छ । धेरैले रोजगारी गुमाएका छन् । महामारीको कारण देखाउँदै विकास निर्माणका काम पनि सुस्त छन् । लापरबाहीले पुनः यही अवस्था ल्याउन प्रयास गरिनु हुँदैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here