Thursday, March 28, 2024
Homeविचारसरसफाईमा चुनौती

सरसफाईमा चुनौती

- Advertisement -spot_img

सरसफाई स्वास्थ्यका लागि मात्र नभई प्रतिष्ठासँग पनि जोडिएको विषय हो । शिक्षाको विकाससँगै मानिसहरू व्यक्तिगत सरसफाईमा अभ्यस्त भएपनि सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिने गरेका छैनन् । सार्वजनिक स्थानमा फोहर गर्ने प्रवृत्ति अझै पनि उस्तै छ । केही ठाउँबाहेक अधिकांश ठाउँमा फोहर व्यवस्थापन हुने गरेको छैन् । अहिले पनि विभिन्न चोक, सडक, बसपार्क, खेल मैदानलगायतका ठाउँमा फोहर निकै हुने गरेको छ ।

तुलसीपुरलाई पनि स्मार्ट सिटी भनिरहदा फोहर व्यवस्थापनमा निकै चुनौती छ । बजारका मुख्य स्थानमा अहिले पनि फोहरको सही व्यवस्थापन हुन सकेको छैन् । फोहरको उचित व्यवस्थापन नहुँदा अहिले बजार दिनप्रतिदिन दुर्गन्धित बनिरहेको छ । आफूले गरेको फोहर अरूले सफा गरिदियोस् भन्ने प्रवृत्तिकै कारण सरसफाईयुक्त नगर निर्माणमा निकै चुनौती देखिएको छ । सरसफाई नगरका लागि स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाले पनि खासै चासो दिन सकिरहेको छैन् । सरसफाईमा स्मार्ट सिटीका नागरिक अस्मार्ट बनेका छन् ।

जताततै फोहर गर्ने बानीले तुलसीपुर सफा र सुन्दर सहर बन्न सकिरहेको छैन् । यहि बीचमा जहाँ पायो, त्यहीँ फोहर गर्ने प्रवृत्तिको अन्त्यका लागि तुलसीपुरमा युवाहरू जुटेका छन् । आहा अभियान तुलसीपुरले नामअनुसारको कामको थालनी गरेको छ । नागरिकलाई फोहर व्यवस्थापनमा जिम्मेवार बनाउन आहा अभियानले बजारका केही प्रतिनिधिमूलक ठाउँमा डष्टबिन वितरण गरेको छ । संख्याको हिसाबले डष्टबिन थोरै वितरण भएको होला तर यसले कम्तिमा पनि आफ्नो घरको फोहर आफै व्यवस्थापन गर्नुपर्छ भन्ने चेतनाको विकास गर्ने अपेक्षा गरिएको छ ।

सरसफाई नगर्ने प्रवृत्तिलाई अन्त्य गर्न आहा अभियानको काम साँच्चिकै आहा लाग्ने छ । फोहर अरूले व्यवस्थापन गरेर सरसफाई हुने त होइन् तर कम्तिमा पनि नागरिक फोहर व्यवस्थापनमा जिम्मेवार भइदिएमा सफा सुन्दर सहर निर्माण गर्न कुनै आइतबार कुर्नपर्ने थिएन् । फोहर गर्न हुन्न भन्ने चेतनाको विकास हुँदा पनि अधिकांश मानिसमा अटेरीपनका कारण सरसफाई हुन सकेको छैन् ।

हरित, सफा र सुन्दर तुलसीपुरका लागि युवाहरूले चालेको कदमलाई सबै व्यक्ति तथा संघसंस्थाको सहयोग आवश्यक छ । फोहर जहाँ पायो त्यहि फाल्न हुँदैन भन्ने चेतनाका विकास गराउन नागरिकलाई पहिलो चरणमा सचेतना दिने तर यदि अटेर गरेमा जरिवानासमेत गर्नुपर्ने हुन्छ । सरसफाईका लागि विधि र पद्धति आवश्यक छ ।

नागरिकमा फोहर गरेपछि सफाई गर्नुपर्छ भन्ने चेतनाको विकास हुन सकेमा तुलसीपुर सहरलाई सफा र सुन्दर बनाउने अभियानले सार्थकता पाउने छ । सुन्दर नगरी तुलसीपुरका लागि युवाहरूको एक्लो प्रयासले सम्भव पनि नहुन सक्छ । स्थानीय तह तुलसीपुर उपमहानगरपालिका, सरोकारवाला निकायसँगै स्थानीय नागरिकको साथ र सहयोग आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here