Saturday, April 20, 2024
Homeसम्पादकीयकाँग्रेस रूपान्तरणको अपेक्षा

काँग्रेस रूपान्तरणको अपेक्षा

- Advertisement -spot_img

सम्पादकीय
नेपाली काँग्रेसमा नयाँ नीतिसहितको नयाँ नेतृत्व आएको छ । दुई वर्ष गुजारेर पार्टीको १४औं महाधिवेशन सम्पन्न गरेको काँग्रेसको नेतृत्व (सभापति) दोहोरिए पनि अन्य पदाधिकारीमा भने नयाँ अनुहार नै आएका छन् । महामन्त्रीसम्मको नतिजा आइसक्दा युवामैत्री काँग्रेस देखिएको छ । निर्वाचित पाँचजनामा तीनजना ५० वर्ष वरपरका छन् ।

यो अवस्था देखिनुले काँग्रेस अब रूपान्तरणमा जान्छ की भन्ने अपेक्षा समग्ररूपमा अपेक्षाकृत छ । पार्टीको जिम्मेवार पदहरूमा युवा नेताहरूको प्रवेशसँगै रूपान्तरणको अपेक्षा आम काँग्रेसजनमा हुनु स्वभाविक पनि हुन्छ । काँग्रेसजनको अपेक्षाअनुसार नेतृत्व र काँग्रेस पदाधिकारीहरू जान सक्छन् या सक्दैनन् त्यो उनीहरूको कार्यशैली र कार्यसम्पादनले देखाउला । तर पनि युवाको नेतृत्व गर्दै जिम्मेवार पदमा पुगेका चर्चित नेताहरूले आम कार्यकर्ताको भावना भने पक्कै पनि बुझ्नेछन् ।

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरूङ, महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । अबको काँग्रेसकालाई कस्तो बनाउने यी पाँचजनामा निर्भर छ । सभापति–बाहेकका पदहरूमा नयाँ अनुहार हुन ।

त्यति मात्रै हैन आम कार्यकर्ताले रूचाएमा र परिवर्तनकारी भनेर चिनिएका व्यक्तिहरू नै छन् । यस्ता व्यक्तिहरू पार्टीमा जिम्मेवारी लिएर आउनु नै सैद्धान्तिक रूपमा कार्यकर्ताको मनोबल बढ्नु र नयाँ प्रवेशीहरूका लागि पनि विश्वासका पात्र भन्ने अवस्था आउँछ । युवाहरूले जबरजस्त कब्जा गरेको काँग्रेसलाई १५औं महाधिवेशनसम्म कस्तो बनाउने हुन त्यो त्यतिबेलै प्रमाणित होला । यति मात्र हैन युवाको काँधमा पुगेको काँग्रेसको संगठनलाई आउँदै गरेको आमनिर्वाचनले पनि कति विश्वास गर्ने हो त्यो अर्काे पाटो भयो ।

काँग्रेस कार्यकर्ता र संगठनको रूपान्तरणको लागि युवाको अभियान कस्तो चल्छ र कसरी आवश्यकतानुसार रूपान्तरण हुँदै जान्छ भन्ने अर्काे पाटो भयो । जेहोस् अबको काँग्रेसमा रूपान्तरणसहित सिद्धान्त र प्रतिष्ठानयुक्त काँग्रेसको अपेक्षा बढ्दै गएको छ । त्यो युवाहरूको जिम्मेवारीले पूरा गर्न चुक्नु हुँदैन ।

पूर्ण, धनराज, गगन र विश्व प्रकाशहरू अब काँग्रेस रूपान्तरणको अभियानमा लागून् । पहिले बोलीमा मात्रै रूपान्तरण खोज्दै आएका उनीहरू अहिले पदमा पुगेका छन्, पदमा पुग्दै गर्दा आम कार्यकर्ताको भावनाअनुसार जानसक्नु उनैकै लागि फाइदा हुनेछ । अब पदमा पुगिसकेपछि व्यक्तिगत लोकप्रियताभन्दा पार्टीको लोकप्रियता बढाउन सक्नुपर्छ । महाधिवेशनमा उनीहरूलाई मत दिने प्रतिनिधिहरूले उनीहरूबाट त्यो अपेक्षा चाहेका छन् । काँग्रेसलाई आधुनिक युगको रूपान्तरण पार्टी बनाउने विश्वास पनि लिएका छन् । काँग्रेस रूपान्तरण र बलियो बनाउने अभियानमा सबै निर्वाचित पदाधिकारीहरू लागून् शुभकामना ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here