मंसिर २८ गते मंगलबार
मंसिर शुक्लपक्ष एकादशी तिथि अश्विनि नक्षत्र
नेपालमा सूर्योदय ६ः४८ सूर्यास्त ५ः०९
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
स्वादिष्ट भोजनको आनन्द लिन पाईनेछ । रोकिएका कामहरु विस्तारै बन्दै जाने छन् । गफगाफमा बढी समय बित्ने देखिन्छ । आत्मविश्वासमा वृद्धि रहनेछ ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
समयलाई चिनेर अगाडि बढ्नु होला । बन्नै लागेको काममा बाधा रहनेछ । घराँयसी खर्चमा बृद्धि रहनेछ । बाहिरी कार्यबाट लाभ रहनेछ ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
व्यापार, व्यवसाय गर्नेहरुका लागि ठिकै समय रहेको छ । केही समय पहिले रोकिएका कामहरु बन्ने छन् । आयआर्जनमा सफलता रहनेछ ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
कामको क्रममा विभिन्न व्यक्तिहरुसँग भेटघाट बढ्नेछ । व्यापार, व्यवसाय गर्नेहरुको लागि समय ठिकै रहला । रुचिको काममा समय दिनुपर्ने देखिन्छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
सेवा भावमा मन जानेछ । व्यावसायिक कार्यमा खर्च गर्ने समय रहेको छ । अरुको लागि महत्वपूर्ण समय दिनुपर्नेछ । कार्यहरु समयमै पुरा हुने ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । घरेलु कार्यमा समय दिनुपर्नेछ । सवारी साधन चलाउदा सावधाी रहनु । अरुको भर पर्दा कार्यमा बाधा छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
बोल्दा विचार गरेर बोल्नु होला । सोचे अनुसार कार्यमा सफलता नरहन सक्छ । दाम्पत्य जीवनमा असमझदारी बढ्नेछ । यात्रामा समस्या रहनेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आन्तरिक कार्यलाई गोप्य राखेर अगाडि बढ्नु । प्रतिस्पर्धामा सफलता रहनेछ । व्यापार गरेकालाई लाभ छ । नराम्रो सोच्नेहरु प्ररास्त्र हुने छन् ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
समयलाई बुझेर अगाडि बढ्नु । परिस्थितिसँग जुधेर अगाडि बढ्नु । भौतिक सामाग्रीको अभाव हुनेछ । अरुको लागि समय खचिनुपर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
अरुको काममा बढी समय दिनुपर्ने देखिन्छ । आफ्नो कामलाई गोप्य राखेर अगाडि बढ्नु होला । पशु, कृषि कार्य गर्नेहरुको लागि फाइदा रहनेछ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
कार्यमा साथ र सहयोग गर्नेहरु प्रशस्त्र भेटिने छन् । गरिएको कार्यको पूर्ण सफलता रहनेछ । उद्योग व्यापार, व्यवसाय गरेकालाई सफलता छ ।
मीन (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
केहि वादविाद पर्ने हुँदा सावधान भएर अगाडि बढ्नु होला । कार्य गर्ने शैलि नमिल्दा समस्या रहनेछ । बिगतको कार्यबाट सामान्य लाभ रहनेछ ।
वास्तु ज्ञान
शयन कक्षमा रातो बत्ती लगाउनु पर्दछ ।
शयन कक्षमा प्रवेश गरेर ओछयानमा पल्टदा पनि निन्द्रा नलाग्न सक्छ । यस्तो अवस्था आएमा शयन कक्षमा शयनका लागि प्रवेश गर्नुभन्दा पहिला कोठाको पर्दा लगाउनु पर्छ । साथै कोठाको बत्ति मधुरो बाल्नु पर्छ । ग्रहपति तथा पत्नीको शयनकक्षमा रातो बत्ति लगाउनुपर्छ । वासनात्मक आनन्दप्राप्तिका लागि उत्तरतर्फ क्रिस्टल लगाउनु पर्छ ।