Wednesday, March 27, 2024
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

मंसिर २७ गते सोमबार
मंसिर शुक्लपक्ष दशमी तिथि रेवति नक्षत्र
नेपालमा सूर्योदय ६ः४७ सूर्यास्त ५ः०८

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
सोच विचार गरी काम थाल्नु होला । अवसरको लागि संघर्ष हुनेछ । फाइदाका लागि गरिएको कामको लागि आफन्तसँग असमझदारी बढ्ने छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
छोटो समयको कर्मबाट फाइदा रहनेछ । सोचेका काम विचमा रोकावट हुन सक्नेछ । आम्दानी र सन्चित रकम समेत खर्च गर्नुपर्ने समय छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
अरुलाई आर्कषण गरेर काम बनाउन सकिनेछ । आफ्नो काममा अग्रसरता लिन सकिन्छ । प्रतिष्ठामय समय छ । सामाजिक कार्यमा समय दिनुपर्ला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
धेरैलाई सहयोग हुने काम गर्ने समय रहेको देखिन्छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । मंगलमय कामहरु गर्नुपर्ने छ । रिस गर्नेहरु धेरै हुनेछन ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
पहिलेका समस्या आउन सक्नेछ । स्वास्थ्यमा केही समस्या रहनेछ । प्रमुख काममा अलमल हुनेछ । घरेलु तथा सानातिना काममा अलमलमा परिनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । प्रेमिप्रेमिका वा दाम्पत्य जीवनमा असझदारी बढ्नेछ । अध्ययन अध्यापनमा धेरै समय दिन नसकिएला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
लामो यात्राको अवसर प्राप्त रहनेछ । हठ गर्ने कारणले काममा बाधा रहनेछ । समयसँग सम्झौता गरेता पनि मान प्रतिष्ठामा बृद्धि रहने समय छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
नयाँ ज्ञान प्राप्त रहनेछ । व्यापारमा लाभ रहनेछ । प्रयास गरेका कामहरु विस्तारै अगाडि बढ्ने छन् । सेवामुलक कार्यबाट आर्थिक लाभ रहनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अरुको फाइदाको लागि काम गर्नुपर्ने रहनेछ । अनावश्यक बोल्नाले काम बिग्रिनेछ । आफ्नो योजना गोप्य राखेर अगाडि बढ्नु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
नयाँ काम सन्चालन गर्ने समय छ । आवश्यक भन्दा अन्य वस्तुहरु खरिद हुने छन् । आर्थिक लाभ नै रहला । रचनात्मक काममा समय बित्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
कार्यहरु सहजै सम्पन्न हुने छन् । प्रयासबाट ठुलो काम सम्पन्न हुने छन् । गरेका कामबाट धेरैलाई फाइदा रहनेछ । आफन्तहरुले काममा साथ दिने छन् ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
नयाँ कामको थालनी हुनेछ । रमाईलो तथा स्वादिष्ट भोजनको आनन्द प्राप्त रहनेछ । पहिलेका कामहरुलाई सुधार गर्ने अवसर रहनेछ ।

वास्तु ज्ञान

टेवल पश्चिम वा दक्षिणतर्फ राख्नुपर्छ ।

अफिस वा अध्यानकक्ष आदिमा टेवल पश्चिम वा दक्षिणतर्फ राख्नुपर्छ, बस्ने मानिसको अनुहार पूर्व वा उत्तरतर्फ फर्किने गरी । उत्तर– पूर्वतर्फ फर्केर बस्नु ध्यानको उच्च स्थिति प्राप्त गर्नको लागि अति नै राम्रो हुन्छ । कुनै पनि फर्निचर आदि उत्तरी वा पूर्वी भित्तामा हुने गरेर राख्नु हुदैन । यदि यस्तो गर्न प¥यो भने त्यसलाई कम्तिमा पनि २ देखी ६ ईन्चको दूरीमा राख्नुपर्छ ।

 

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here