Thursday, February 13, 2025
Homebreaking-newsनियम विपरीत सवारी चलाउने क्रम बढ्यो, चार महिनामा १४ हजार ७ सय...

नियम विपरीत सवारी चलाउने क्रम बढ्यो, चार महिनामा १४ हजार ७ सय चालकलाई कारबाही

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २४ मंसिर । नियम विपरीत सवारी चलाउने क्रम बढिरहेको छ । विभिन्न प्रयासहरू हुँदा पनि नियम विपरीतको कार्य नरोकिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले ट्राफिक सचेतना बढाए पनि सवारी चालकले मापदण्ड विपरीत सवारी चलाउने गरेको बताएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांकअनुसार चालु वर्षको चार महिनाको अवधिमा ट्राफिक नियम विपरीत सवारी चलाउने १४ हजार बढी चालक कारवाहीमा परेका छन् । गत वर्षको तुलनामा केही कमि आएपनि यस वर्ष १४ हजार ७ सय सवारी चालकलाई कारवाही गरिएको हो । चार महिनाको अवधिमा १६ हजार सवारी चालक कारवाहीमा परेको तथ्यांक छ ।

सिट क्षमताभन्दा बढी सवारी राख्ने, सिट बेल्ट नबाँधेर सवारी चलाउने, सवारी चलाउँदा फोनको प्रयोग गर्ने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने, तिब्र गतिमा सवारी हाँक्ने, सावरी चालक अनुमतिपत्र बिना सवारी चलाउने र साथमा सवारी साधनको कागजपत्र नबोक्ने सवारी चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रमुख थम्मन जिसीले जानकारी दिए ।
‘ट्राफिक सचेतना दिने काम निरन्तर भइरहेको छ, नियमविपरीत सञ्चालन हुनेलाई कारवाही पनि गरिरहेका छौं’ उनले भने– ‘जति सचेतना बाँडेपनि नियम उल्लंघन गर्ने सवारी चालकको कमी आउन सकेको छैन् ।’

कारवाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । चार महिनामा ५ हजार ४७३ मोटरसाइकल चालक कारवाहीमा परेका छन् ।
त्यस्तै बस १५२५, ट्रक ३ ३१२, जिप÷कार १७४०, ट्याक्टर १२५९ र अटोचालक १३ सय ९२ कारवाहीमा परेका छन् । सबैभन्दा बढी क्षमताभन्दा बढी सवारी तथा सामान बोक्ने सवारी साधनलाई कारवाही गरिएको हो । मोटरसाइकल सवारी चालक अधिकांशले सवारी चालक अनुमतिपत्र नबोक्ने गरेको ट्राफिक प्रमुख जिसीले जानकारी दिए ।

‘ट्राफिक नियम उल्लंघन गर्ने सबैभन्दा बढी मोटरसाइकल चालक नै छन्’ उनले भने– ‘सवारी चालक अनुमतिपत्र नबोक्ने मोटरसाइकल चालक नै बढी कारवाहीमा परेका छन् ।’ तथ्यांकअनुसार चालु वर्षको साउन महिनाको तुलनामा कार्तिक महिनामा बढी सवारी चालक कारवाहीमा परेका छन् । साउनमा ३ हजार १५० सवारी चालक कारवाहीमा परेका छन् भने कार्तिक महिनामा ४ हजार २ सय सवारी चालक कारवाहीमा परेका छन् । यस्तै भदौ महिनामा ४ हजार ५० र असोजमा ३ हजार ३ सय सवारी चालक कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

९२ लाख बढी राजस्व संकलन

दाङमा चालु आर्थिक वर्षको चार महिनामा मापदण्ड विपरीत सवारी चलाउनेबाट ९२ लाख बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीका अनुसार चालु वर्षको साउनदेखि कार्तिक मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ७ सय सवारी चालकबाट ९२ लाख ६४ हजार राजस्व संकलन भएको छ । जिल्लामा चालु वर्षको कार्तिक महिनामा सबैभन्दा बढी सवारी चालक कारवाहीमा परेका छन् ।

कार्तिक महिनामा मात्रै ४ हजार २ सय सवारी चालक कारवाही पर्दा २५ लाख ९८ हजार ५ सय राजस्व संकलन भएको छ । साउन महिनामा ३ हजार १५० सवारी चालक कारवाहीमा पर्दा २० लाख २७ हजार, भदौ महिनामा ४ हजार ५० सवारी चालक कारवाहीमा पर्दा २५ लाख ६८ हजार र असोज महिनामा ३ हजार ३ सय सवारी साधनबाट २० लाख ७० हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन सजसीले जानकारी दिए ।

चार महिनाको अवधिमा सबैभन्दा बढी मोटरसाइकल चालक कारवाहीमा परेका छन् । जिल्लामा चार महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५ हजार ४७३ सवारी चालकबाट ३६ लाख ५७ हजार राजस्व संकलन भएको छ । त्यस्तै ३ हजार ३१२ सवारी चालकबाट २१ लाख १३ हजार, १ हजार ७ सय ४० जीप कार चालकबाट १० लाख ३३ हजार, १ हजार ५ सय २४ बस चालकबाट ८ लाख ६९ हजार ५ सय राजस्व संकलन भएको छ ।

त्यस्तै १ हजार ३९२ टेम्पोबाट ८ लाख ११ हजार र १ हजार २ सय ५९ टेक्टरबाट ७ लाख ८० हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । गतवर्ष यसै अवधिमा अर्थात् साउनदेखि कार्तिक मसान्तसम्म १६ हजार सवारी चालक कारवाहीमा गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । जसबाट ९९ लाख ६१ हजार ५ सय राजस्व संकलन भएको छ । गतवर्षको तुलनामा यसवर्ष चार महिनाको अवधिमा केही कमी आएको ट्राफिक प्रमुख जिसीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here