दाङ, १६ मंसिर । तुलसीपुरमा यही मंसिर २३ गतेदेखि प्रादेशिक महोत्सव हुने भएको छ । चन्द्र सूर्य यातायात प्रालिले प्रथम प्रादेशिक फेस्टिबल नाम दिएर महोत्सव गर्न लागेको हो । प्रालिले पत्रकार सम्मेलन गरी पर्यटन प्रवद्र्धनका लागि महोत्सव गर्न लागेको जानकारी दियो । महोसत्वमा आयोजक कमिटीका संयोजक शम्भु रेग्मीले दाङको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागेको बताए ।
महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय दाङले अनुमतिसमेत दिइसकेको छ । महोत्ससवमा व्यापारिक प्रयोजनका लागि विभिन्न स्टल राखिनेछ । महोत्सव अवधिभर प्याराग्लाइडिङको मनोरञ्जनको व्यवस्थासमेत गरिएको महोत्सवका प्रचारप्रसार संयोजक गणेश आचार्यले जानकारी दिए । महोत्सवमा बद्री पंगेनीलगायतका राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिनेछन् । महोत्सव तुलसीपुर उपमहानगरपालिका–६ बरूवागाउँमा सञ्चालन हुनेछ ।