Friday, March 29, 2024
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

२०७८/०८/११ गते शनिबार
मंसिर कृष्णपक्ष अष्टमी तिथि
मघा नक्षत्र
नेपालमा सूर्योदय ६ः३५ सूर्यास्त ५ः०७

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफ्नो प्रतिभाले अरूलाई प्रभाव पार्न सकिनेछ । अग्रज व्यक्तिको विशेष साथ र सहयोग मिल्नेछ । सन्तान पक्षबाट साथ र सहयोग मिल्नेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
हतारले कार्यमा वाधा उत्पन्न छ । नयाँ अवसरको सिर्जना रहला । व्यवहारले अरूको विश्वास जित्न सकिनेछ । सामाजिक कार्यमा सफलता छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
समयसँग सम्झौता गर्नुपर्नेछ । परिश्रमबाट फाइदा नै रहला । कृषि, पशुपालनबाट फाइदा नै रहला । आफन्तको साथ र सहयोगमा समस्या छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आफन्तको साथ र सहयोग प्राप्त रहनेछ । विगतको कार्यबाट आर्थिक लाभ मिल्नेछ । थाति रहेका कामहरू बन्नेछन् । आत्मविश्वास र उत्साह मिल्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
नवीन कार्यको थालनी हुनेछ । तपाईलाई आफन्तले साथ सहयोग तथा संघर्षशील बनाउने छन् । स्वादिष्ट भोजनको आनन्द लिन पाइने समय छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्तमा केही असझदारी बढ्नेछ । प्रयासबाट बाहिरी कार्यबाट लाभ उठाउन सकिनेछ । धैर्यताबाट कार्यमा सफलता रहनेछ । खर्च अधिक रहला ।

तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
पहिले रोकिएको काम बन्ने देखिन्छ । पारिवारीक आवश्यकताको सामग्री खरिद गर्नुपर्ने छ । पुर्खौैली सम्पत्तिको प्रयोगबाट फाइदा रहनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
कनै पनि काममा हात हाल्नु भन्दा पहिले सोच विचार गरेर अगाडि बढ्नुहोला । आन्तरिक योजना गोप्य राखेर अगाडि बढ्नु । बोल्दा विचार गर्नु ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
तपाईलाई धेरैले कामको प्रशंसा गर्नेछन् । आफन्तसँग भेटघाट हुनेछ । समस्याहरू हल हुँदै जानेछन् । नसोचेको कार्यबाट फाइदा लिन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
स्वास्थ्यमा हल्का समस्या रहनेछ । कार्यमा समस्याले केही बाधा दिनेछ । आन्तरिक कुरा पत्ता लाग्नेछ । सहयोगीबाट कार्यमा साथ मिल्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
विभिन्न भौतिक सामग्री खरिद गर्ने समय रहेको छ । आयआर्जनमा वृद्धि रहनेछ । दाम्पत्य जीवन सवल रहनेछ । व्यवसायमा लाभ लिन सकिनेछ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
आर्थिक गतिविधिमा सावधानी अपनाउनुपर्ला । केही सामान हराउनेछ । अरूले आरोप लगाउने छन् । आफ्ना योजना गोप्य राखेर अगाडि बढ्नुहोला ।

वास्तु ज्ञान

अण्डाकार भूखण्ड भएको जग्गा शुभ मानिदैन ।
अण्डाकार भूखण्ड भएको जग्गामा घर बनाउनु उपयुक्त मानिदैन । यस्तो भूखण्डमा धार्मिक भवन (मन्दिर)को लागि शुभ मानिएको छ । वास्तुअनुसार यस्तो खालको भूखण्डमा बनाएको घरले प्रगतिमा बाधा गर्ने खालको तथा हानी गराउने खालको हुन्छ ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here