- Advertisement -spot_img
Monday, December 6, 2021
Homebreaking-newsदाङ काँग्रेसको क्षेत्रीय समितिमा नयाँ नेतृत्व, कतै पुराना, कतै नयाँ अनुहार

दाङ काँग्रेसको क्षेत्रीय समितिमा नयाँ नेतृत्व, कतै पुराना, कतै नयाँ अनुहार

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ९ मंसिर । नेपाली काँग्रेस दाङको क्षेत्रमा नयाँ नेतृत्व चुनिएको छ । मंसिर ६ गतेदेखि सुरू भएको नयाँ नेतृत्व छनोट प्रक्रिया बुधबार ८ गते टुङ्गिएको छ । काँग्रेसको १४आँै महाधिवेशन अन्तर्गत काँग्रेसले संरचानागत रूपमा वडादेखि केन्द्रसम्म नयाँ नेतृत्व ल्याइरहेको छ ।

त्यहिअन्तर्गत निर्वाचनमार्फत दाङका तीन संघीय निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चुनिएको छ । दुई समूह बनाएर निर्वाचनमा होमिएका काँग्रेसको क्षेत्रीय नेतृत्वका केही पुरानै अनुहार नेतृत्वमा दोहरिएका छन् भने केही नयाँ अनुहार नेतृत्वमा आएका छन् । जिल्लामा संस्थापन र संस्थापन इतरको समूहबाट चुनावी प्रतिस्पर्धा गरेको काँग्रेसको क्षेत्रीय नेतृत्वमा संस्थापन पक्ष हावी भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा सभापति निर्वाचित भेषराज पाण्डेय सभापतिमा दोहरिएका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा सभापति निर्वाचित जगतबहादुर खड्का यस पटक नेतृत्वमा तेहरिएका छन् । उनी ११र्औँ महाधिवेशनबाट क्षेत्रीय नेतृत्वमा आइरहेका छन् । त्यस्तै क्षेत्र नम्बर २ मा सभापति निर्वाचित भिमप्रकाश खड्का पहिलो पटक क्षेत्रीय नेतृत्वमा चुनिएका छन् । प्रदेशसभा क्षेत्रको नेतृत्वमा पनि धेरै नयाँ अनुसार र केही पुरानै अनुहार नेतृत्वमा दोहरिएका छन् ।

दुई समूह बनाएर निर्वाचनमा होमिएका काँग्रेसको क्षेत्रीय नेतृत्वका केही पुरानै अनुहार नेतृत्वमा दोहरिएका छन् भने केही नयाँ अनुहार नेतृत्वमा आएका छन् । जिल्लामा संस्थापन र संस्थापन इतरको समूहबाट चुनावी प्रतिस्पर्धा गरेको काँग्रेसको क्षेत्रीय नेतृत्वमा संस्थापन पक्ष हावी भएको छ ।

संघीय सभापतिमा दाङ क्षेत्र नम्बर १ बाट संस्थापन पक्षका भेषराज पाण्डे बिजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सर्वजित डिसीलाई १ सय ६५ मतले पराजित गर्दै सभापतिमा बिजयी भएका हुन् । पाण्डेले ४ सय २२ मत प्राप्त गरी विजयी भएका हुन् । डिसीले २ सय ५७ मत प्राप्त गरेका छन् । निर्वाचनमा पाण्डेयको प्यानल नै बिजयी भएको हो । खेमलाल चौधरीले ४ सय २१ मत ल्याएर सचिवमा बिजयी भएका छन् । भने हेमलाल शर्मा ४ सय मतले बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा संघीय सभापतिमा भिमप्रकाश खड्का बिजयी भएका छन् । क्षेत्रका लागि उनी नयाँ अनुहार हुन् । संस्थापन पक्षधर खड्काले आफ्ना प्रतिस्पर्धी चित्रबहादुर डाँगी (निर्मल)लाई एकसय मतले पराजित गरेका हुन् । सभापतिमा निर्वाचित भएका हुन् । खड्का सामुदायिक वन क्षेत्रका केन्द्रीय नेता पनि हुन् । सचिवमा हिम बहादुर डाँगी र आरके सितल समान ३२१ मत ल्याएर निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ३ को सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन् । खड्काको प्यानल नै निर्वाचित भएको छ । खड्काको यो लगातार तेस्रोे जित हो । निर्वाचित खड्काले ४ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुरेन्द्र खड्काले ३ सय ११ मत प्राप्त गरे । खड्काले सुरेन्द्र खड्का भन्दा १ सय २७ मत बढी प्राप्त गरेका छन् । त्यस्तै एकल उम्मेदवार किरण बहादुर शाहले भने ६८ मत मात्रै प्राप्त गरे ।

त्यस्तै सचिव पदमा खड्का प्यालनका शोभाखर सापकोटाले ४ सय ६० र पूर्णबहादुर खत्रीले ४ सय १६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धीहरू रवि बुढाथोकीले ३ सय ३५ र भेषराज डाँगीले ३ सय ५ मत प्राप्त गरेका थिए ।

सह–सचिव पदमा भिमकान्त भट्टराईले ४ सय ४८ र डेफुलाल चौधरी ४३८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी भूपबहादुर केसीले ३ सय ७३ र तनुजसिंह वलीले २ सय ६४ मत प्राप्त गरेका थिए । कुल ८ सय ४७ मतदातामध्ये ८ सय ४४ जनाले मतदान गरेका थिए ।

यस्तै रोल्पामा पनि निर्वाचन सम्पन्न भएको छ । निवार्चनको मतपरिणाम अनुसार रोल्पाको जिल्ला सभापतिमा किशोर आचार्य विजयी भएका छन् । आचार्यले उनका प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पराजित गर्दै आफू सभापतिमा निर्वाचित भएका हुन् । आचार्यले ५ सय २ मत प्राप्त गर्दा खत्रीले ४ सय ४० मत प्राप्त गरेका छन् । कार्यसमितिको अन्य पदाधिकारीमा पनि आचार्यको प्यानल बिजयी भएको छ ।

कार्यसमितिको उपसभापितमा कविता उपाध्याय आफ्नो प्रतिस्पर्धी अमृता घर्तीलाई ४५ मतले पराजित गर्दै बिजयी भएकी हुन् । उपाध्यायले ४ सय ७५ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी घर्तीले ४ सय ३० मत प्राप्त गरिन् । भने उपसभापतिमा लेखमणि डाँगीलाई ११ मतले पराजित गर्दै हरिबहादुर पुन बिजयी भएका छन् । पुनलाई ५ सय ३ मत प्राप्त हुँदा डाँगीलाई ४ सय ४२ मत प्राप्त भएको छ ।

यसैगरी सचिवमा तिलबहादुर बुढाथोकी ५ सय १३ र शेरबहादुर थापाले ४ सय ४५ मत प्राप्त गरी बिजयी भएका छन् । सचिवका प्रतिस्पर्धी दीपक श्रेष्ठ ४सय ८ र रेगबहादुर पुनले ३ सय ९७ मत प्राप्त गरे । सहसचिवमा गंजबहादुर क्षेत्री ५ सय ५३ र सुनिलकुमार वली ४ सय ७२ मत प्राप्त गरी बिजयी भएका छन् । सहसचिवका प्रतिस्पर्धी लीलाधर आचार्य २ सय ६६ र हुकुम बुढाले ३ सय ८१ मत प्राप्त गरे । कूल एक हजार ९३ मतदाता रहेको रोल्पा काँग्रेसको निर्वाचनमा एक हजार ४२ मत खसेको निर्वाचन अधिकृत सूर्यबहादुर वलीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here