- Advertisement -spot_img
Monday, December 6, 2021
Homeराजनीतिजगतको सानदार तेस्रो इनिङ

जगतको सानदार तेस्रो इनिङ

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ९ मंसिर । काँग्रेस राजनीतिमा जगतबहादुर खड्का चर्चित नाम हो । ६६ बर्षीय उनमा अझंै राजनीतिका लागि युवा जोश देखिएको छ । तुलसीपुर उपमहानगरपालिका १० घर भएका खड्का निर्वाचनका बेला बढी चर्चामा आउने गर्दछन् । सहजरूपमा संगठनलाई चलाइमान गराइरहेका खड्का अहिले क्षेत्रीय सभापतिमा निर्वाचनमार्फत ह्याट्रिक गरेका छन् ।
११औँ महाधिवेशनदेखि क्षेत्रीय समितिमा रहेका खड्का १२औँ महाधिवेशनबाट लगातार क्षेत्रीय सभापतिमा निर्वाचित हँुदै आएका छन् । ‘यो मलाई पार्टीले साबिक क्षेत्र नम्बर ४ र ५ समायोजनका क्रममा क्षेत्र नम्बर ३ को सभापतिको जिम्मेवारी सुम्पेको हो र त्यो मैले राम्रोसँग निर्वाह गरे । त्यसैले यो अधिवेशनमा पनि सभापति जितेर आएको छु अब अझ संगठनलाई बलियो र क्रियाशील बनाउँछु ।

‘म कार्यकर्तालाई परि आउँदा जहाँ र जतिखेर पनि खडा हुन्छु त्यसको माया निर्वाचनमा आइरहेको छु । फराकिला स्वभावका सभापति खड्काले यहाँसम्म आइपुग्दा पार्टीमा थुप्रै दुःख कष्टहरू भोग्नुपरेको बताउँछन् । खड्काका अनुसार बिक्रम सम्वत २०३० सालमा तुलसीपुरस्थित महेन्द्र माविमा कक्षा १० मा अध्यनकै क्रममा उनी नेविसंघप्रति आकर्षित भएका थिए । तत्कालिन समयका जल्दाबल्दा युवा कुबेर शाह सँगसँगै नेविसंघका गतिविधिमा लाग्ने गरेको उनले स्मरण गरे । २०३४ सालमा गाउँफर्क अभियानअन्तर्गत साविक टरिगाउँ–६ गौरीगाउँमा भएको निर्वाचनमा उनी स्थानीय खिलतबहादुर शाहसँग वडा सदस्यमा १ मतले पराजित भए ।

२०३६ सालको जनमत संग्रहका क्रममा उनी रोल्पाको जुँगारमा बहुदलको तर्फबाट एजेन्ट बसे । २०३७ सालमा टरिगाउँ–५ को वडा सदस्य निर्वाचित भए । खड्का उतिखेर नेपाली काँग्रेसका स्वर्गीय नेता तिलकबहादुर बस्नेतको प्यानलबाट बहुदलको पक्षबाट मैदानमा उत्रिएका थिए । खड्काले १७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मोहनलाल डाँगीले जम्मा ५३ मत मात्रै प्राप्त गरेको उनले स्मरणमा छ । २०४३ सालमा फेरि वडा सदस्य निर्वाचित भए ।

२०४६ सालमा बहुदल स्थापना पछि टरिगाउँमा झण्डै ११ सय जति मानिसहरूको बिजय ¥याली निस्कियो । त्यतिखेर पनि स्वर्गीय तिलकबहादुर बस्नेतको नेतृत्वमा उक्त ¥याली भएको थियो । त्यतिखेरै यज्ञबहादुर बुढाथोकीसहित आफू पनि फेरि नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेको सभापति खड्काले बताउँछन् । सभापति खड्का २०४८ सालमा इकाई सभापतिमा निर्वाचित भए । २०५४ सालमा पनि उनी सोही पदमा निर्वाचित भए ।

त्यसपछि उनी क्षेत्रीय कार्यसमितिको कोषाध्यक्षमा निर्वाचित भए । ११औं महाधिवेशन उनी जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भए । १२औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा निर्वाचित भए । १३औं महाधिवेशनबाट पनि क्षेत्रीय सभापतिमा निर्वाचित भए र १४औं महाधिवेशनबाट पनि उनी सभापति निर्वाचित भए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here