- Advertisement -spot_img
Monday, December 6, 2021
Homebreaking-newsनेकपाको वडा भेला

नेकपाको वडा भेला

- Advertisement -spot_img

प्रदेश टुडे
रूकुम (पश्चिम), ९ मंसिर । नेकपा माओवादी केन्द्रले देशभर एकैदिन वडा भेला गरेको छ । वडा भेलाअन्तर्गत रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका पनि वडा भेला सम्मेलन सम्पन्न भएको छ । भेलाले १० वटै वडामा पदाधिकारी चयन गरेको नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिए ।

भेलाले वडा नं. १ मा घनश्याम शर्मा अध्यक्ष र सचिवमा सुरज चन्द निर्वाचित भएका छन् । यसैगरी वडा नं. २ को वडा कमिटी अध्यक्षमा नले दमाई, सचिवमा लालबहादुर खत्री निर्वाचित भएको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै वडा नं. ३ को अध्यक्षमा बेगम वली, सचिवमा राजकुमार केसी निर्वाचित भएका छन् भने वडा नं. ४ मा शेरबहादुर ओली अध्यक्ष र सचिवमा गणबहादुर खनाल सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत शशीराम दाहालले बताए ।

वडा नं. ५ को अध्यक्षमा देउदत्त खत्री, सचिवमा हरिभान दाहाल, वडा नं. ६ मा हरिबहादुर खत्री अध्यक्ष र खम्मे खत्री सचिवमा सर्वसम्मत चयन भएका छन् भने वडा नं. ७ को अध्यक्षमा दिलबहादुर कुसारी, सचिवमा जयबहादुर खत्री निर्वाचित भएका छन् । यस्तै वडा नं. ८ मा धनबहादुर खत्री अध्यक्ष र महेश्वर बाठा सचिव पदमा निर्वाचित भएक माओवादी केन्द्रले जनाएको छ । तर वडा नं. ९ मा भने विविध कारणले सम्मेलन हुन सकेको छैन

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here