- Advertisement -spot_img
Monday, December 6, 2021
Homeफिचरबाबुराम दाङ आउँदै

बाबुराम दाङ आउँदै

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ९ मंसिर । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित पार्टीका बरिष्ठ नेता अशोक राईलगायतका नेताहरू दाङ देउखुरीमा आउने भएका छन् । उनीहरू मंसिर ११ गते शनिबार दाङको देउखुरीको सिसहनियामा आउने भएका छन् ।

पार्टीको केन्द्रीय कार्यक्रम जनता समाजवादी पार्टी जिल्ला कार्यसमिति दाङको आयोजनामा हुन लागेको संगठन शुद्धिकरण तथा जनजागरण कार्यक्रमलाई विशेष सम्बोधन गर्नका लागि पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित पार्टीका बरिष्ठ नेता अशोक राई, पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अशोककुमार यादव, केन्द्रीय सदस्यहरू हरिप्रसाद रिजाल र यज्ञ पोख्रेललगायतका नेताहरू देउखुरीको सिसहनियाँमा आउन लागेको पार्टीका जिल्ला अध्यक्ष तथा संघीय परिषद् सदस्य होमप्रसाद शर्माले जानकारी दिए ।

संघीयता, सुशासन, समृद्धि र समाजवाद भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका–५ प्रगतिनगर सिसहनियामा दाङ जिल्लासहित छिमेकी जिल्ला प्यूठान, अर्घाखाँची, कपिलबस्तु र बाँकेबाटसमेत नेता कार्यकर्ताको सहभागिता रहने जसपा दाङले जनाएको छ ।

वैकल्पिक राजनीतिक धारको रूपमा स्थापित जसपाको राजनैतिक दृष्टिकोण, सिद्धान्त र आगामी रणनीतिलगायतका बिषयमा नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण गर्ने कार्यक्रमसमेत रहेको पार्टीका संघीय परिषद् सदस्य टोपबहादुर कार्कीले जानकारी दिए । साथै उनले उक्त दिनको कार्यक्रममा उपस्थित भईदिन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा दाङ–देउखुरीबासी एवं सञ्चारकर्मी सबैमा अनुरोधसमेत गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here