- Advertisement -spot_img
Monday, December 6, 2021
Homeफिचरप्रेस सेन्टर लुम्बिनी प्रदेशको भेला

प्रेस सेन्टर लुम्बिनी प्रदेशको भेला

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ८ मंसिर । प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन आज बिहीबार राप्ती गाउँपालिकामा हुन लागेको छ । सम्मेलनको उद्घाटन पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गर्ने कार्यक्रम रहेको प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश संयोजक मानसिङ विश्वकर्माले दिए ।

उनका अनुसार सम्मेलनमा महराका साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनाम, पूर्व संघीय सरकारका कृषि मन्त्री चक्रपाणि खनाल बलदेव, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल लगायतका नेताहरूको समेत सहभागिता रहनेछ ।
राप्ती गाउँपालिकाको सभाहलमा हुन लागेको सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ,’ उनले भने– ‘हामीले लुम्बिनी प्रदेश प्रेस सेन्टरको घोषणा पत्रसमेत जारी गर्नेछौँ ।’ ‘जनपक्षीय र श्रमजीवी पत्रकारको पक्षमा हाम्रो आन्दोलन, सञ्चारमैत्री प्रदेश निर्माण आह्वानमा दोस्रो लुम्बिनी प्रदेश सम्मेलन’ भन्ने मुल नाराका साथ हुन लागेको सम्मेलनमा १२ जिल्लाका करिब एक सय ७५ प्रतिनिधिहरूको सहभागिता रहने आयोजक टिमले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here