- Advertisement -spot_img
Monday, December 6, 2021
Homebreaking-newsकाँग्रेस महाधिवेशन, दाङमा क्षेत्रीय नेतृत्व चुन्न मतदान

काँग्रेस महाधिवेशन, दाङमा क्षेत्रीय नेतृत्व चुन्न मतदान

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, ८ मंसिर । नेपाली काँग्रेसको क्षेत्रीयय नेतृत्व छनोटका लागि दाङमा मतदान भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रीय नेतृत्व सहित समितिका लागि मंगलबार मतदान भएको हो । मतपरिनाम भने बुधबार विहान समममा आउने आकलन गरिएको छ ।

मतदान शान्तीपूर्ण ढंगले सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । मंगलबार भएको निर्वाचनमा कुल मतदाताको ९८ प्रतिशत मत खसेको निर्वाचन अधिकृत युवराज बस्नेतले बताए । दाङ क्षेत्र नं. १, २ र ३ मा कुल २ हजार एकसय ९३ मतदाता (क्षेत्रीय प्रतिनिधि) रहेको थियो । जसमध्ये २ हजार १ सय ७१ मत अर्थात ९८ प्रतिशत मत खसेकोे छ । समितिका अनुसार क्षेत्र नं. १ मा ६ सय ९५ मतमध्ये ६ सय ८५ मत खसेको छ । यस्तै क्षेत्र नं २ मा ६ सय ५१ मतमध्ये ६ सय ४० मत खसेको छ ।

भने क्षेत्र नं. ३ मा ८ सय ४७ मध्ये ८ सय ४४ मत खसेको छ । तीनवटै क्षेत्रको मतदान शान्तीपूर्ण ढङगले सम्पन्न भएको छ । भने मतपरिणाम बुधबार दिउँसोसम्म सार्वजनिक भइसक्ने निर्वाचन समितिले जानकारी दिएको छ । यो समाचार तयार पार्दासम्म जिल्लाका तीन वटै क्षेत्रमा मतगणना सुरु भइको छ । मंगलबार सम्पन्न निर्वाचनले क्षेत्रीय कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्नेछ ।

दाङका तीन क्षेत्रबाट ७ जनाले नेतृत्वको लागि उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं १ र २ मा दुई समूहले प्यानल सहित नेतृत्व दावी गरे पनि क्षेत्र नं ३ मा भने तीन समूहले नेतृत्वको दावी रहेको छ । प्रतिनिधिसभा क्षेत्रमा सभापतिसहित सचिव, सहसचिव, सदस्य, महाधिवेशन प्रतिनिधि पदका लागि निर्वाचन हुन लागेको हो । प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उपसभापति पदमा प्रदेश सभाका सभापति पदेन रहने व्यवस्था रहेको छ ।

दाङको क्षेत्र नम्बर १ मा सभापति पदका लागि भेषराज पाण्डे र सर्वजीत डिसी चुनावी मैदानमा छन् । पाण्डेको प्यानलबाट सचिव पदका लागि हरिहर शर्मा र खेम चौधरी, सहसचिव पदमा प्रकाश जिसी र गोविन्द वली छन् । डिसीको प्यानलबाट सचिवमा त्रियोगी यादव, कृष्ण चौधरी, सहसचिवमा राजेन्द्र खड्का र मिनराज अधिकारी रहेका छन् ।

क्षेत्र नम्बर २ मा सभापति पदका लागि भिमप्रकास खड्का र निर्मल डाँगीबीच प्रतिस्पर्धा भएको छ । खड्काको प्यानलबाट सचिवमा हिमबहादुर डाँगी र कमल गौतम छन् भने सहसचिव पदमा रमेश कुमार पाण्डेय र रञ्जीत कुमार श्रेष्ठ रहेका छन् । डाँगीको प्यानलबाट सचिवमा आरके शितल र सन्तोष योगी, सहसचिवमा शिब घिमिरे र प्रमोद पोखरेल प्रतिष्पर्धामा छन ।
क्षेत्र नम्बर ३ मा सभापति पदका लागि जगत बहादुर खड्का, सुरेन्द्र खडका र किरण बहादुर शाह प्रतिष्पर्धामा छन् । जगतको प्यानलबाट सचिव पदमा शोभकर सापकोटा र पूर्ण बहादुर केसी सह सचिवमा भिकमकान्त भट्टराई र डेफुलाल चौधरी तथा सुरेन्द्रको प्यानलमा सचिव पदमा रबि बुढाथोकी र भेषराज डाँगी, सहसचिव पदमा तनोज सिंह वली र भुपबहादुर केसी प्रतिष्पर्धामा छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here