- Advertisement -spot_img
Monday, December 6, 2021
Homebreaking-newsकांग्रेसको १४औं महाधिवेशन, क्षेत्रीय नेतृत्वका लागि दाङमा आज मतदान

कांग्रेसको १४औं महाधिवेशन, क्षेत्रीय नेतृत्वका लागि दाङमा आज मतदान

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ७ मंसिर । नेपाली कांग्रेसमा १४ औँ महाधिवेसन अन्र्तगत दाङमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्वका लागि आज मतदान हुन लागेको छ । नेपाली कांग्रेस जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार क्षेत्रिय नेतृत्वको लागि सोमबार उम्मेदवारी दर्ता गरिएको छ । क्षेत्रका लागि सभापति सहित पदाधिकारी र सदस्यको उम्मेदवारी दर्ता भएको हो । भने आज नेतृत्वको लागि मतदान हुँदै छ ।

महाधिवेशन अन्तर्गत कांग्रेसले वडा, गाउँ÷नगर र प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सकिएसंगै देशभर क्षेत्र र जिल्ला अधिवेशनमा कांग्रेस लागेको छ । दाङमा मंसिर ७ गते आज प्रतिनिधि सभा क्षेत्रमा नयाँ नेतृत्वका लागि मतदानको तयारी गरिएको छ । दाङका तीन क्षेत्रबाट ७ जनाले नेतृत्वको लागि उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं १ र २ मा दुई समूहले प्यानल सहित नेतृत्व दावी गरे पनि क्षेत्र नं ३ मा भने तीन समूहले नेतृत्वको दावी रहेको छ ।

जिल्लामा रहेको क्षेत्र नम्बर एकमा दुई जना, क्षेत्र नम्बर २ मा दुई जना र क्षेत्र नम्बर तीनबाट ३ जना गरी ७ जना नेतृत्वका लागि चुनावी मैदानमा गएका छन् । प्रतिनिधिसभा क्षेत्रमा सभापतिसहित सचिव, सहसचिव, सदस्य, महाधिवेशन प्रतिनिधि पदका लागि निर्वाचन हुन लागेको हो । प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उपसभापति पदमा प्रदेश सभाका सभापति पदेन रहने व्यवस्था रहेको छ । उपसभापति बाहेक अन्य पदमा निर्वाचन हुने निर्वाचन अधिकृत युवराज बस्नेतले जानकारी दिए ।

दाङको क्षेत्र नम्बर १ मा सभापति पदका लागि भेषराज पाण्डे र सर्वजीत डिसी चुनावी मैदानमा छन् । पाण्डेको प्यानलबाट सचिव पदका लागि हरिहर शर्मा र खेम चौधरी, सहसचिव पदमा प्रकाश जिसी र गोविन्द वली छन् । पाण्डे वर्तमान सभापति हुन् भने डिसी नयाँ अनुहार हुन् । डिसीको प्यानलबाट सचिवमा त्रियोगी यादव, कृष्ण चौधरी, सहसचिवमा राजेन्द्र खड्का र मिनराज अधिकारी रहेका छन् । गुट उपगुटमा बल्झीएको कांग्रेसलाई सुधार गर्नका लागि नेतृत्वमा आउन लागेको उनले बताए । क्षेत्र नम्बर २ मा सभापति पदका लागि भिमप्रकास खड्का र निर्मल डाँगीले नेतृत्वका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

खड्काको प्यानलबाट सचिवमा हिमबहादुर डाँगी र कमल गौतम छन् भने सहसचिव पदमा रमेश कुमार पाण्डेय र रञ्जीत कुमार श्रेष्ठ रहेका छन् । डाँगीको प्यानलबाट सचिवमा आरके शितल र सन्तोष योगी, सहसचिवमा शिव घिमिरे र प्रमोद पोखरेल चुनावी मैदान छन् । डाँगी घोराही–१० वडा अध्यक्ष समेत हुन् । क्षेत्र नम्बर ३ मा सभापति पदका लागि वर्तमान सभापति जगत बहादुर खड्का, पूर्व जिल्ला सह सचिव सुरेन्द्र खडका र पूर्व नगर सभापति किरण बहादुर शाह समापतिका लागि चुनावी मैदानमा गएका छन । जगतको प्यानलबाट सचिव पदमा शोभकर सापकोटा र पूर्ण बहादुर केसीले उम्मेदवार रहेका छन् । सह–सचिव भिकमकान्त भट्टराई र डेफुलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

सबैको विचारलाई सम्मान गर्दै पार्टीलाई बलियो बनाउने सभापति पदका लागि उम्मेदवारी दिएको खड्काले बताए । यस्तै सुरेन्द्रको प्यानलमा सचिव पदमा रबि बुढाथोकी र भेषराज डाँगी छन् डाँगी सहिद परिवार हुन । भने सह–सचिव पदमा तनोज सिंह वली र भुपबहादुर केसी रहेका छन् । नेतृत्व पुस्तान्तर हुनुपर्ने विचारका साथ आफु नेतृत्वका लागि मैदानमा होमिएको सुरेन्द्रले बताए । त्यसै गरी महाधिवेशन प्रतिनिधिमा डेढ सय जनाले उम्मेदवारी दिएका छन् । खुला, आरक्षण, जनजाती सबै पदमा दोहोरो उम्मेदवारी परेको छ । आज विहान ९ बजे देखि नयाँ नेतृत्वको लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

मन्त्री चौधरी निर्विरोध

दाङ निर्वाचन क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिमा पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन् । थारु कोटाबाट उम्मेदवार बनेका चौधरीको मात्रै उम्मेदवारी परे पछि उनी महाधिवेशन प्रतिनिधिमा निर्विरोध भएका हुन । त्यस्तै थारु महिना कोटाबाट कल्पना चौधरी निर्विरोध निर्वाचित भएकी छन् । क्षेत्र नं ३ मा एक सय भन्दा बढी थारु प्रतिनिधिहरु चुनिएका छन् ।

त्यसै गरेर उर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री अर्जुनकुमार श्रेष्ठ आदीवासी जनजातीको कोटाबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् । उनी पनि निर्विरोध निर्वाचित भएका हुन । त्यसै गरेर आदीवासी जनजाति कोटाबाट नै नेपाली कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना पनि निर्विरोध निर्वाचित भएकी छन् । अन्य सबै पदमा निर्वाचन हुने भएको छ । बताए । ‘युवाको तर्फबाट मैले नेतृत्व गरेको छु ।’ उनले भने–‘पार्टीको नीति र विधि अनुरुप सबैलाई मिलाएर पार्टीलाई बलियो बनाउने योजना छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here