- Advertisement -spot_img
Monday, December 6, 2021
Homebreaking-newsकांग्रेसमा महाधिवेशन, दाङका तीन क्षेत्रीय सभापतिमा ६ आकाक्षि

कांग्रेसमा महाधिवेशन, दाङका तीन क्षेत्रीय सभापतिमा ६ आकाक्षि

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ६ मंसिर । नेपाली कांग्रेसमा १४ औँ महाधिवेसन चटारो छ । महाधिवेशन अन्तर्गत कांग्रेसले वडा, गाउँ÷नगर र प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गरिसकेको छ । दाङमा मंसिर ७ गते प्रतिनिधि सभा क्षेत्रमा नयाँ नेतृत्वका लागि अधिवेशन हुन लागेको छ । दाङका तीन क्षेत्रबाट ६ जनाले नेतृत्वको लागि अपेक्षा गरेका छन् । त्यसका लागि आज उम्मेदवारी दर्ता रहेको छ ।

जिल्लामा रहेको क्षेत्र नम्बर एकमा दुई जना, क्षेत्र नम्बर २ मा दुई जना र क्षेत्र नम्बर तीनबाट २ जना गरी छ जना नेतृत्वका लागि चुनावी मैदानमा छन् । प्रतिनिधिसभा क्षेत्रमा सभापतिसहित सचिव, सहसचिव, महाधिवेशन प्रतिनिधि पदका लागि निर्वाचन हुन लागेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उपसभापति पदमा प्रदेश सभाका सभापति पदेन रहने व्यवस्था रहेको छ । उपसभापति बाहेक अन्य पदमा निर्वाचन हुने निर्वाचन अधिकृत युवराज बस्नेतले जानकारी दिए । ‘प्रतिनिधि सभा क्षेत्रमा नेतृत्वका लागि आज मनोनयन दर्ता हुनेछ भने भोलि निर्वाचन हुनेछ ।’ उनले भने–‘प्रतिनिधि सभा क्षेत्रमा सभापति पदका लागि ६ जना चुनावी मैदानमा छन् ।’

दाङमा मंसिर ७ गते प्रतिनिधि सभा क्षेत्रमा नयाँ नेतृत्वका लागि अधिवेशन हुन लागेको छ । दाङका तीन क्षेत्रबाट ६ जनाले नेतृत्वको लागि अपेक्षा गरेका छन् । त्यसका लागि आज उम्मेदवारी दर्ता रहेको छ ।

दाङको क्षेत्र नम्बर १ मा सभापति पदका लागि भेषराज पाण्डे र सर्वजित डीसी चुनावी मैदानमा छन् । पाण्डेको प्यानलबाट सचिव पदका लागि हरिहर शर्मा र खेम चौधरी, सहसचिव पदमा प्रकाश जिसी र गोविन्द वली छन् भने डिसीको प्यानलबाट रहेका छन् । पाण्डे वर्तमान सभापति हुन् भने डिसी नयाँ अनुहार हुन् ।

डिसीको प्यानलबाट सचिवमा त्रियोगी यादव, कृष्ण चौधरी, सहसचिवमा राजेन्द्र खड्का र मिनराज अधिकारी रहेका छन् । गुट उपगुटमा बल्झीएको कांग्रेसलाई सुधार गर्नका लागि नेतृत्वमा आउन लागेको उनले बताए । ‘पाटीलाई बलियो बनाउनका लागि नेतृत्वमा आउन लागेको हुँ ।’ उनले भने–‘मलाई विश्वास छ, मतदाताले विश्वास गर्नुहुन्छ, म नेतृत्वमा आउने छु ।’ तर उनी पनि कुनै गुटको प्रतिनिधित्य गर्दे चुनावी अभियानमा छन् ।

यस्तै क्षेत्र नम्बर २ मा सभापति पदका लागि भिमप्रकास खड्का र निर्मल डाँगी चुनावी मैदानमा छन् । खड्काको प्यानलबाट सचिवमा हिमबहादुर डाँगी र कमल गौतम छन् भने सहसचिव पदमा रमेश कुमार पाण्डेय र रञ्जीत कुमार श्रेष्ठ रहेका छन् ।
कांग्रेसलाइ गाउँतहसम्म बलियो बनाउने सोचका साथ नेतृत्वका लागि उम्मेदवारी दिएको खड्काले बताए । ‘म लामो समयदेखि कांग्रेसबाट राजनीति गरिरहेको छु, मलाई विश्वास छ नेतृत्वका लागि मलाई मतदान गर्नुहुनेछ भन्ने विश्वासमा छु ।’ डाँगीको प्यानलबाट सचिवमा आरके शितल र सन्तोष योगी, सहसचिवमा शिव घिमिरे र प्रमोद पोखरेल चुनावी मैदान छन् ।

डाँगी घोराही–१० वडा अध्यक्ष समेत हुन् । लामो समयदेखि पार्टी र विभिन्न संघ संस्थामा नेतृत्व गरेका कारण आगामी प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सभापतिमा पनि मत प्राप्त गरेर बिजयी हुने डाँगीको दावि छ । उनी विसं २०४२ सालदेखि कांग्रेसको भातृ संस्था नेवि संघबाट विद्यार्थी राजनीति शुरुवात गरेका थिए ।

यस्तै क्षेत्र नम्बर ३ मा सभापति पदका लागि जगत बहादुर खड्का र सुरेन्द्र खडका चुनावी मैदानमा छन् । जगतको प्यानलबाट सचिव पदमा शोभकर सापकोटा र पूर्ण बहादुर केसीले उम्मेदवार रहेका छन् । सबैको विचारलाई सम्मान गर्दै पार्टीलाई बलियो बनाउने सभापति पदका लागि उमेदवारी दिन लागेको उनले बताए ।

यस्तै सुरेन्द्रको प्यानलमा सचिव पदमा रबि बुढाथोकी र भेषराज डाँगी छन् भने सहसचिव पदमा तनोज सिंह वली र भुपबहादुर केसी रहेका छन् । नेतृत्व पुस्तान्तर हुनुपर्ने विचारका साथ आफु नेतृत्वका लागि मैदानमा होमिएको खड्काले बताए । ‘युवाको तर्फबाट मैले नेतृत्व गरेको छु ।’ उनले भने–‘पार्टीको नीति र विधि अनुरुप सबैलाई मिलाएर पार्टीलाई बलियो बनाउने योजना छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here