- Advertisement -spot_img
Monday, December 6, 2021
Homebreaking-newsकांग्रेस महाधिवेशनः प्रदेश सभामा नयाँ नेतृत्व, ३ ‘क’ मा रिजाल,२ ‘ख’मा गिरी...

कांग्रेस महाधिवेशनः प्रदेश सभामा नयाँ नेतृत्व, ३ ‘क’ मा रिजाल,२ ‘ख’मा गिरी निर्वाचित

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ५ मंसिर । नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रको निर्वाचन अन्तर्गत दाङमा केही क्षेत्रको मतपरिनाम सार्वजनिक भएको छ । ६ वटा प्रदेश सभा क्षेत्र रहेको दाङमा दुई प्यानल चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

जसका निर्वाचन क्षेत्र नं. ३ ‘क’को सभापतिमा देवेन्द्र रिजाल निर्वाचित भएका छन् । संस्थापन इतरसमूहबाट प्यानलसहित निर्वाचनमा गएका रिजालको एक सचिव बाहेक प्यानलनै विजयी भएको छ । समितिको उपाध्यक्षमा पुष्पराज गिरी, शालिकराम रेग्मी निर्वाचित भएका छन् । सचिवमा किरण केसी र तेज बहादुर डाँगी निर्वाचित भएका छन् । सह–सचिवमा राजेन्द्र महतरा र रञ्जन कुमार गौतम निर्वाचित भएको निर्वाचन समितिले बताएका छन् । संस्थापन पक्षबाट बलिराम खत्रीको प्यानल प्रतिस्पर्धामा गएको थियो ।

३ ‘क’मा ३ सय ५५ मतदाता रहेकोमा ३ सय ५० मत खसेको थियो । संस्थापनइतर पक्षधर रिजालले १९१ मत प्राप्त गरेका छ भने प्रतिस्पर्धी बलिराम खत्रीले १५२ मत प्राप्त गरे । सार्वजनिक मत परिणाम अनुसार रिजालले खत्रीलाई ३९ मतान्तरले पराजित गरेका छन् । उपसभापतिमा गिरीले १९४ र रेग्मी १८० मत प्राप्त गरी बिजयी भएका छन् । उनीहरूका प्रतिस्पर्धीहरू खुसलराम खड्काले १३९ र लेखकुमार कार्कीले १५६ मत प्राप्त गरेका छन् ।

सचिव पदमा तेजविक्रम डाँगी १९८ मत प्राप्त गरी बिजयी भएका छन् भने किरण केसीले १८४ मत प्राप्त गरी बिजय भए । रिजालको टिमभन्दा फरक प्यानलबाट जित्ने केसी एकमात्रै नेता हुन् । सचिव पदमा रिजाल टिमका उम्मेदवार रेशमकुमार खत्रीले १४७ र खत्री टिमका डम्मरबहादुर भण्डारीले १२९ मत प्राप्त गरेका थिए ।

सहसचिव पदमा रिजाल टिमका रञ्जन गौतमले १७४ र राजेन्द्र महतराले १७९ मत प्राप्त गरि निर्वाचित भएका छन । प्रतिस्पर्धी चन्द्रमान खड्काले १५६ र लिलामणि चौधरीले १२९ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यस्तै गरेर दाङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’को सभापतिमा दिनेश गिरी निर्वाचित भएका छन् । संस्थापन पक्षधर गिरीको पूरै प्यानल विजयी भएको छ । गिरी १२९ मतान्तरले विजयी भएका छन् । गिरीले २१० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दिवाकर योगीले ८१ मत मात्रै प्राप्त गरे । त्यस्तै, उपसभापति पदमा दामोदर पौडेलले २०४ र गोपाल नेपालीले २११ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी ओमकार यादवले ८४ र हिमराज डिसीले ७९ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत रेशम गिरीले जानकारी दिए ।

सचिवमा लालवीर खड्काले १८९ र मंगलप्रसाद चौधरीले २१८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धीहरू सुमित्रा विक ७६ र रामप्रसाद चौधरीले ९० मत मात्रै प्राप्त गरे । त्यस्तै, सहसचिवमा कुलबहादुर बुढा मगरले २१४ र हुर्मतकुमार बोहराले १८७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनीहरूका प्रतिस्पर्धीहरू मानबहादुर यादवले ७८ र महेशकुमार चौधरीले ९० मत मात्रै प्राप्त गरेका छन् । दाङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’ मा कांग्रेसका कुल ३ सय १० मतदाता थिए । त्यसमध्ये ३ सय ५ मत खसेको थियो भने ४ मत बदर भएको थियो । दाङका अन्य चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ । ६ प्रदेश सभा सभापति पदका लागि १३ जनाका बीचमा प्रतिस्पर्धा भएको छ । दाङको निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’मा सभापति पदका लागि तीनजना चुनावी मैदानमा छन् ।

नौजना प्रदेश प्रतिनिधि निर्विरोध निर्वाचित

यसैबीच नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङमा प्रदेश प्रतिनिधि केही निर्विरोध निर्वाचित भएका छन् । ६ प्रदेश सभा क्षेत्र रहेको जिल्लामा नौजना समावेशीतिरका प्रतिनिधिका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
दाङको प्रदेश निर्वाचन प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’ चूर्णबहादुर चौधरी थारू प्रदेश महाधिवेशनमा प्रतिनिधि निर्विरोध भएका छन् । थारू महिला कोटामा सरीता चौधरी निर्वाचित भएकी छन् । ‘ख’ बाट थारू महिला कोटामा मधु चौधरी निर्विरोध निर्वाचित भएकी छन् ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा प्रदेश महाधिवेशन प्रतिनिधि सभामा आदिवासी जनजातितर्फ धु्रवकुमार पुन, खस आर्यतर्फ मनोज बुढाथोकी र दलिततर्फ केशव नेपाली निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा मुस्लिमतर्फको प्रदेश महाधिवेशन प्रतिनिधिमा सिमु सिद्दिकी निर्विरोध निर्वाचित भएका छन् । प्रदेश निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ को प्रदेश महाधिवेशन प्रतिनिधिमा खस आर्यतर्फ घनश्याम केसी र बिना न्यौपाने निर्विरोध निर्वाचित भएका हुन् । केसी पुरूषतर्फ र न्यौपाने महिलातर्फ निर्विरोध भएका हुन् । अन्य पदमा भने निर्वाचन हुने भएको हो ।

जिल्लाका ६ वटै प्रदेश सभापतिका लागि शुक्रबार १३ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’मा सभापतिका लागि तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । योबाहेक अन्य पाँच निर्वाचन क्षेत्रमा भने दुई÷दुईजनाले मनोनयन दर्ता गराएका छन् । नेतृत्व चुन्नका लागि शनिबार बिहान ९ बजेदेखि मतदानको समय तोकिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here