- Advertisement -spot_img
Monday, December 6, 2021
Homebreaking-newsकांग्रेसको प्रदेश समिति निर्वाचन आज, सभापतिका लागि १३ जनाको उमेदवारी

कांग्रेसको प्रदेश समिति निर्वाचन आज, सभापतिका लागि १३ जनाको उमेदवारी

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ४ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेसन अन्तर्गत आज प्रदेश सभा निर्वाचन क्षेत्रमा हुनु लागेको छब ।
बिहान ९ बजेपछि दाङका ६ वटै निर्वाचन क्षेत्रमा नयाँ पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो । क्षेत्र नम्बर १ का (क) श्रीपत चौधरी र ताराबहादुर डाँगी चुनावी मैदानमा छन् । उपसभापति महाबिर चौधरी र जगदम्बा चौधरी, सचिव माधव सापकोटा र सुरज खड्का, सहसचिवमा भिमबहादुर चौधरी र रामजानकी यादव चुनावी मैदानमा छन् ।

यस्तै डाँगीको प्यानलबाट उपसभापति पदमा हस्तबहादुर गु्रुङ, पार्वती भुषाल, सचिवमा शनिराम चौधरी र कृष्णप्रसाद शर्मा, सहसचिवमा रामप्रकास यादव र आशिष पौडेल चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ को ‘ख’ मा सभापति पदका लागि दिनेश गिरी र दिवाकर योगीले उमेदवारी दिएका छन् ।

गिरीको प्यानलमा उपसभापति पदमा गोपाल नेपाली र दामोदर पौडेल, सचिवमा लालबिर खड्का र मंगल चौधरी, सहसचिवमा कुलबहादुर बुढामगर र हुर्मत बोहरा चुनावी मैदानमा छन् । यसैगरी योगीको प्यानलमा उपसभापति पदमा ओमकार यादव र हिमराज डिसी, सचिवमा रामप्रसाद चौधरी र सुमित्रा बिक, सहसचिवमा महेशकुमार चौधरी र मानबहादुर यादव चुनावी मैदानमा छन् ।

दुवै प्यानलबाट १८/१८ जना प्रदेश प्रतिनिधिका लागि चुनावी रहेको निर्वाचन अधिकृत रेशम गिरीले जानकारी दिए । क्षेत्र नम्बर २ (क)मा सभापतिमा प्रकास श्रेष्ठ र दुर्गाबहादुर घर्ती चुनावी मैदानमा छन् । श्रेष्ठको प्यानलमा उपसभापतिमा तिलकबहादुर भण्डारी र पदमबहादुर खत्री, सचिवमा शिशिर अधिकारी र युवराज आचार्य, सहसचिव भुवनकुमार चौधरी र विष्णु पोखरेल चुनावी मैदानमा छन् । उनको प्यानलमा १७ जना प्रतिनिधिका लागि चुनावी प्रतिष्पर्धामा छन् ।

यस्तै घर्तीको प्यानलमा उपसभापतिमा बलबहादुर वली र सीता पुनमगर, सचिवमा मायाँ कुमारी पोखरेल र प्रकाश पाण्डे, सहसचिवमा माधवप्रसाद चौधरी र बिकास घर्ती प्रतिष्पर्धामा छन् । उनको प्यानलमा पनि प्रदेश प्रतिनिधिका लागि १७ जना चुनावी मैदानमा छन् ।

२ को (ख) मा सभापतिमा अभियन बस्नेत र लालबहादुर गिरी मैदानमा छन् । बस्नेतको प्यानलमा उपसभापतिमा गोविन्द प्रसाद दहाल र विष्णुकुमार देवकोटा, सचिवमा नोखिराम केसी र शिबराज वस्नेत, सहसचिवमा लौटन चौधरी र सीता दहाल मैदानमा छन् । यस्तै गिरीको प्यानलमा उपसभापतिमा शरद बिक, ज्ञानबहादुर खत्री, सचिवमा डिल्लीबहादुर वली र तिलकबहादुर खत्री, सहसचिवमा निर्मला न्यौपाने र युद्धबहादुर डिसी प्रतिष्पर्धामा छन् । प्रदेश प्रतिनिधि मुस्लीमतर्फ अब्दुल समिम सिद्धीकी निर्विरोध निर्वाचित भएका छन् । २ को (ख) मा दुवै प्यानलबाट ४४ जना प्रतिष्पर्धामा छन् ।

यसैगरी ३ को (क) मा सभापति पदका लागि देवेन्द्र रिजाल र बलिराम खत्री चुनावी मैदानमा छन् । रिजालको प्यानलबाट उपसभापतिमा पुष्प गिरी र शालिकराम रेग्मी, सचिवमा तेजबहादु डाँगी र रमेश केसी, सहसचिवमा राजेन्द्र महतारा र रन्जन गौतम मैदानमा छन् । यसैगरी ७ जना खुल्ला , खुल्ला महिला ३ जना र खसआर्य २ जना, दलित एक जना, जनजातती १ जना, थारु एक जना गरी १५ जना प्रतिष्पर्धामा छन् ।

यस्तै खत्रीको प्यानलबाट लेखकुमार कार्की र खुशलराम खड्का उपसभापति पदमा छन् । सचिवमा किरण केसी र डम्बरबहादुर भण्डारी, सहसचिवमा चन्द्रमान खड्का र लिलामणी चौधरी चुनावी मैदानमा छन् ।

दुवै प्यानलबाट १८ जना प्रदेश प्रतिनिधिका लागि चुनावी मैदानमा छन् । यस्तै ३ को ‘ख’ मा सभापतिमा पदमा टिकाराम घर्ती, चुडामणि ढकाल र खिमबहादुर वलीले उमेदवारी मनोनयन दर्ता गराएका छन् । घर्तीको प्यानलमा उपसभापतिमा दिलीप बस्नेत र नविन योगी, सचिवमा ढुण्डी न्यौपाने र देवीराम कुसारी, सहसचिवमा कुलबहादुर खडका र महेन्द्र चौधरीले मनोनयन दर्ता गराएका छन् ।

दुवै प्यानलबाट २५ जनाले प्रतिनिधि छनौटका लागि उमेदवारी दिएका छन् । यस्तै वलीको प्यानलबाट उपसभापति पदमा दोर्णप्रसाद देवकोटा र फर्साराम डाँगी, सचिवमा लेकराम आचार्य र भद्रबहादुर खड्का, सहसचिवमा रोशन जंग शाह र डेफुलाल चौधरी चुनावी मैदानमा छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here