- Advertisement -spot_img
Monday, December 6, 2021
Homebreaking-newsकांग्रेसको १४औं महाधिवेशन , तहगत नेतृत्वमा युवा आकांक्षा

कांग्रेसको १४औं महाधिवेशन , तहगत नेतृत्वमा युवा आकांक्षा

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ३ मंसिर । नेपाली कांग्रेसमा १४औँ महाधिवेशन पश्चात् नेतृत्वमा युवा पुस्ताको सहभागिता बढ्ने देखिएको छ । वडा तथा गाउँ/नगरको अधिवेशनमा पनि अधिकांश युवा नेतृत्वमा आएका छन् भने अहिले प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र, महाधिवेशन प्रतिनिधि नेतृत्वका लागि पनि युवा पुस्ताको चासो देखिदा कांग्रेसमा युवा पुस्ताको बर्चश्व हुने बढेको छ । पार्टीको मुख्य पदमा पुराना पुस्ताको हाबी हुँदा कांग्रेसले भने अनुसारको गति लिन नसकेकोले युवा पुस्ता राजनीतिमा होमिन खोजेका युवाहरूको धारणा छ ।

१४औँ महाधिवेशन पछि अधिकांश मुख्य पदमा युवा पुस्ता आउने देखिएको छ । पछिल्लो समय युवापंक्तिको उम्मेदवारी घोषणाले कांग्रेसमा युवा पुस्ता आउने निश्चित प्राय देखिएको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले जिल्लामा पनि युवा पुस्ताले नेतृत्वमा आउन उम्मेदवारी दिएको बताए । ‘धेरै पदमा युवाको उम्मेदवारी परेको छ’ उनले भने– ‘यसअघि सम्पन्न वडा तथा गाउँ÷नगरको अधिवेशनमा पनि युवापुस्ता नै आएका छन् ।’

दाङमा वडा तथा गाउँ÷ नगरको नेतृत्वमा युवा पुस्ता आउँदा अबको प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पनि युवाको उम्मेदवारी परेको छ । पुराना पुस्ताको हाबी भएको कांग्रेसमा युवा पुस्ता राजनैतिक नेतृत्वमा आउन थालेको देखिएको छ । दाङको क्षेत्र नम्बर ३ को ‘ख’ मा सभापति पदका लागि टिका घर्ती, सचिव पदका लागि देवीराम कुसारी, ‘क’मा सचिवमा किरण केसी, क्षेत्र नम्बर ३ मा क्षेत्रीय सचिवमा रबि बुढाथोकी, क्षेत्र नम्बर २ को ‘ख’ मा सभापति पदका लागि अभियान बस्नेत, सचिवमा शिवराज बस्नेत, क्षेत्र नम्बर २ को सचिवमा आरे शितल, क्षेत्र नम्बर ३ को ‘क’ मा सहसचिव पदका लागि युवा व्यवसायी राजेन्द्र महतारा, लिलामणि चौधरीलगायतका युवाले उम्मेदवारी दिएका छन् । नेतृत्वमा आउने दावीका साथ उनीहरू चुनावी मैदानमा होमिएका छन् ।

पार्टीलाई गतिशील बनाउने र यथास्थितिबाट माथि उठाउने उद्देश्यका साथ युवाहरू नेतृत्वमा आउन उम्मेदवारी दिएका छन् । राजनीतिमा असल संस्कारको विकास गराई सकारात्मक दृष्टिकोण सृजना गर्न लागि नेतृत्वमा आउन लागेको क्षेत्र नम्बर ३ को ‘ख’ मा सभापति पदमा उम्मेदवारी दिएका युवा नेता टिका घर्तीले बताए । ‘कांग्रेसलाई मजबुत बनाउन र असल संस्कारको विकास गराउन मेरो उम्मेदवारी हो’ उनले भने– ‘मलाई लाग्छ, म नेतृत्वमा आउनका लागि नेता तथा कार्यकर्ताको साथ रहनेछ ।’

विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसमा होमिएका नेता घर्ती जिल्ला सदस्य, भातृ संस्था तरूण दल जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष, कार्यबाहक अध्यक्ष, १२औँ र १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भइसकेका उनले अहिले क्षेत्र नम्बर ३ को ‘ख’मा सभापतिका लागि उम्मेदवारी दिएका हुन् । उमेरले ३६ वर्षमात्रै भएका उनले यसपटक पनि सबै साथ पाउने विश्वास व्यक्त गरे ।

यस्तै क्षेत्र नम्बर ३ को ‘क’मा सहसचिव पदमा युवा व्यवसायी राजेन्द्र महताराले उमेदवारी दिएका छन् । तुलसीपुर–३ निवासी महतारा उमेर २९ वर्षिया हुन् । नेपाली कांग्रेसमा सानै उमेरदेखि नै होमिएका महतारा यसपटक १४औँ महाधिवेशनमा नेतृत्व तहमै आउने प्रयास गरेका छन । ‘म सानै उमेरदेखि नै नेपाली कांग्रेसको राजनीतिमा लागेको हुँ, मेरा बाजे, बुवा कांग्रेस हुनुहुन्छ’ उनले भने–‘म पनि नेपाली कांग्रेसमा अहिलेसम्म सक्रिय, क्रियाशील सदस्य पदमा राजनीति गरेँ, अब क्षेत्रको नेतृत्व तहमा पुग्नलाई उम्मेदवारी दिएको छु ।’

पत्रकार पनि उम्मेदवार

कांग्रेसको आसन्न प्रदेश सभा र प्रतिनिसभा निर्वाचन क्षेत्रमा मूख्य पदमा पत्रकारले पनि उम्मेदवारी दावी गरेका छन । आज हुने प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता प्रक्रियामा टिमसहित जिल्लामा केही पत्रकारहरूले उम्मेदवारी दिदै छन । कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पत्रकार सुरेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै पत्रकार देवीराम कुसारीले दाङ क्षेत्र नम्बर २ को ‘ख’ मा सचिव पदमा उम्मेदवारी दिएका छन् । पत्रकार आरके शितलले पनि क्षेत्र नम्बर २ को सचिवमा आरे शितलले उम्मेदवारी दिएका छन् । श्रेष्ठ बिगत दुई दशकदेखि पत्रकारिता पेशामा कार्यरत रहेका छन् । अहिलेका क्षेत्रीय सदस्यसमेत हुन ।

पार्टीमा सञ्चार क्षेत्र र युवाको प्रतिनिधित्वको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको उनले बताए । ‘म बिगत दुई दशकदेखि पत्रकारिता पेशामा छु’ उनले भने– ‘पाटीमा पनि युवाको सहभागिता बढाउनका मेरो उम्मेदवारी परेको हो ।’ विस २०५० सालमा सल्यानमा विद्यार्थी राजनीतिबाट कांग्रेसमा राजनैतिक यात्रा शुरू गरेका उनी कांग्रेसको भातृ संस्था प्रेस युनियनका केन्द्रीय सदस्यसमेत हुन् ।

पत्रकार आरे शितल नेपाल पत्रकार महासंघ दाङको सचिव हुन् । उनी पनि कांग्रेस पार्टीबाट राजनीति गरिरहेका छन् । देवीराम कुसारी पनि पत्रकार हुन् । उनी पनि पत्रकारितासँग सँगै राजनीतिमा छन् । कांग्रेसको क्रियाशील सदस्यसमेत रहेका उनले अहिले नेतृत्व तहमै उम्मेदवारी दिएका छन् ।

तुलसीपुरमा अन्तरक्रिया

नेपाली कांग्रेस तुलसीपुर नगर समितिले बिहीबार क्षेत्रीय प्रतिनिधि तथा वडा सभापति र उम्मेदवारहरूसँग अन्तरक्रिया गराएको छ । नगर सभापति सुरेश हमालको अध्यक्षतामा तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी र पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीको सहभागितामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सञ्चालन सचिव विमल पौडेलले गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरूले आफ्नो उम्मेदवारीसमेत घोषणा गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here