- Advertisement -spot_img
Monday, December 6, 2021
Homeफिचररोल्पामा सवारी दुर्घटना, चारजनाको मृत्यु ११ घाइते

रोल्पामा सवारी दुर्घटना, चारजनाको मृत्यु ११ घाइते

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ३ मंसिर । रोल्पामा फेरी सवारी दुर्घटना भएको छ । यात्रु बाहक बस दुर्घटना हँुदा चारजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाकोे अवस्था गम्भीर रहेको छ ।

मुत्यु हुनेमा तीन पुरूष र एकजना महिला रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि चालकको समेत मुत्यु भएकोले दुर्घटनाको कारण खुल्न नसकेको रोल्पा प्रहरीको भनाइ छ । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–२ मा दुर्घटना भएको हो ।

दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ । बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । बस सडकदेखि एकसय फिट तल खसेको छ ।

दाङमा एकको मृत्यु

दाङमा सडक मर्मतको क्रममा बिहीबार एस्काभेटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मा सडक मर्मतको क्रममा एस्काभेटर दुर्घटना हुँदा चालक घोराही–१० नारायणपुरका २२ वर्षिय सुनिल विकको घटनास्थलमै मृत्यु भएको हो ।

पर्यटकीयस्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको जेसिबि दुर्घटनामा परेको थियो । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षिय राजकुमार चौधरी घाइते भएका छन् । घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भसिएर दुर्घटनामा परेको बताइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here