- Advertisement -spot_img
Monday, December 6, 2021
Homeफिचरसडक आश्रित मानव, जसले नयाँ परिवार र घर पाए

सडक आश्रित मानव, जसले नयाँ परिवार र घर पाए

- Advertisement -spot_img

उमा भण्डारी
तुलसीपुर, २ मंसिर । शान्तिनगर–५ रगैचा घर बताउने ६८ वर्षीय जयसरा भण्डारी वर्षौँदेखि अरूको काम गर्दै आफ्नो दैनिकी टार्ने गर्दथिन् । परिवारको आर्थिक अवस्था कमजोर र कमाएर दिने कोही नभएपछि उनी अरूको घरमा काम गर्ने र त्यहाँबाट मिलेको पैसा÷ खानेकुराले आफ्नो पेट पाल्ने गर्दथिन् ।

अरूको भरमा दैनिकी धान्दै आएकी जयसरा विस्तारै प्यारालाइसीस रोगले ग्रस्त भइन् । काम गर्न नसक्ने र कमाएर दिने कोही नभएपछि उनी भोक–भाकै कयौँ दिनसम्म सडकमै बस्न बाध्य भइन् । रोग र भोकले सडकपेटीमा थलापरेकी जयसराको मानवसेवा आश्रमले उद्धार ग¥यो ।

प्यारालाइसिस रोगका कारण मुख बाँगिएको र सहजै हिडडुल गर्न नसक्ने अवस्थामा भेटिएकी जयसरा अहिले सबैसँग बोल्न सक्ने र आफ्नो स्याहार आफै गर्न सक्ने भएकी छन् । परिवार भएपनि उनीहरूको साथ, सहयोग नपाउँदा सडकमा बस्नुपरेको पीडाबाट उम्किएकी जयसराले आश्रमले आफूलाई नयाँ जीवन दिएको बताइन् । खान, बोल्न नसक्ने अवस्थाबाट उद्धार गरी स्वास्थ्य अवस्थालाई पुरानै अवस्थामा फर्काउने आश्रम, आश्रम नभएर आफ्नो लागि घर भएको उनको भनाइ छ । आश्रमबाट बाहिर गएर जीउन गाह्रो हुने उनी बताउँछन् ।

‘मलाई नयाँ जीवन मिलेको छ, म मरेपनि यहीँ मर्छु, तर फर्किएर जान्न’ उनले भनिन्– ‘छोराछोरीले नदिएको माया मैले आश्रममा पाएकी छु, यहाँ नपाएको माया मैले अन्त कहिँ पाउँदिन ।’ १८ वर्षिय जयन्ती पनि सडक मावन हुन् । पारिवारीक दुव्र्यवहारका कारण सडकपेटीमा नारकीय जीवन विताउन बाध्य उनलाई स्थानीयहरूको सहयोगमा मानवसेवा आश्रमले महेन्द्रनगरबाट उद्धार ग¥यो । जतिबेला उनी १४ वर्षकी थिइन् ।

कक्षा ८ मा पढ्दै गर्दा परिवारबाट अपहेलित भइ सडक मानव बनेकी जयन्ती अहिले मानवसेवा आश्रममै बसेर कक्षा १२ मा कम्प्युटर विषय अध्ययन गरिरहेकी छन् । छोरी भएकै कारण माया, ममता पाउनुपर्ने उमेरमा परिवारले देखाएको अमानवीय व्यवहारका कारण एक्लो बनेकी जयन्ती अहिले आफूले नयाँ जीवन प्राप्त गरेको अनुभूति गर्दछिन् । कुनैबेला अभिभावकविहीन बनेकी जयन्तीको अहिले मानवसेवा आश्रम नै संसार बनेको छ ।

अरूले हेर्दा आश्रम एउटा संस्था भएपनि आफ्नो लागि सबैथोक भएको उनी बताउँछिन् । ‘बाहिर हेर्दा आश्रम संस्थाजस्तो भएपनि मेरो लागि घर, परिवार र सबैथोक हो’ उनले भनिन्– ‘बेसहाराहरूको लागि मानवसेवा आश्रम पूर्ण पारिवारीक संस्था हो ।’

भविष्यमा आफूलाई मानवसेवा आश्रमकै सेवकको रूपमा सर्मपित गर्ने उनले बताइन् । १२ कक्षा पास गरेपछि सामाजिक कार्यमा नै स्नातक गरी आफूलाई समाज सेवामा लगाउने योजना रहेको उनले बताइन् । जयन्ती र जयसरा आश्रमका प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै कयौँ सहयोगापेक्षी व्यक्तिहरूले आश्रमलाई आफ्नै घर मानेर बसेका छन् । विभिन्न स्थानमा निकै कष्टपूर्ण जीवन बिताउँदै आएका सडक आश्रित मानवहरूको उद्धार गरी उनीहरूको पालणपोषण गर्दै आएको मानवसेवा आश्रममा अहिले मनोरोगी, परिवारविहीन र बेसहारा व्यक्तिहरूले आश्रय लिइरहेका छन् ।

सुरूमा सडकपेटीबाट उद्धार गर्न कठिनाइ हुने गरेपनि आश्रममा ल्याएपछि नसोचेको परिवर्तनहरू उनीहरूमा देखिने मानवसेवा आश्रम केन्द्रीय महासचिव सुशीला केसी (रूपा)ले बताइन् । मनोरोगी र बेसहारा व्यक्तिभन्दा कुलतमा फसेका व्यक्तिहरूलाई आश्रममा ल्याएर रेखदेख गर्न निकै समस्या हुने उनको भनाइ छ ।

‘मनोरोगी, परिवारविहीन व्यक्तिहरूलाई केही समय सम्झायो भने हामीसँग आउन मान्नुहुन्छ’ उनले भनिन्– ‘जुन व्यक्ति मादकपदार्थ सेवन गर्ने, चुरोट, सूर्ति खाने र सडकमै बस्ने गर्नुहुन्छ उहाँहरूलाई उद्धार गर्न निकै गाह्रो पर्छ, कोही त भाग्न पनि खोज्नुहुन्छ ।’ आश्रमबाट भाग्न खोज्ने, उपचार गराउनुपर्ने जस्ता व्यक्तिहरूलाई हेटौडामा राखी उपचार एवं स्याहार गर्ने गरिएको उनले जानकारी दिइन् ।

४ गते उद्घाटन

तुलसीपुर–६ गाइडहरमा सञ्चालन भइरहेको मानवसेवा आश्रमको औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । देशभरका १७ जिल्लामा २३ केन्द्रमार्फत सेवा दिदै आएको मानवसेवा आश्रमले तुलसीपुर शाखाको मंसिर ४ गते शनिबार उद्घाटन कार्यक्रम तय गरेको मानवसेवा आश्रमका अध्यक्ष÷प्रमुख संस्थापक रामजी अधिकारीले जानकारी दिए ।

बुधबार पत्रकार सम्मेलन मार्फत दाङ शाखाको उद्घाटन लुम्बिनी प्रदेश कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले गर्ने जानकारी दिए । सो अवसरमा उनले मानवसेवा आश्रमले देशभर ६ हजार एकसय ८७ जना सडक मानवहरूको उद्धार, दुई हजार ३ सय ९४ जनाको पारिवारीक पुनर्मिलन गराइएको बताए । हाल देशभरका एक हजार ५ सय ६४ जना विभिन्न शाखामा आश्रित रहेको बताए ।

२०७८ साल बैशाख ३ गते ४ जना सडक मानवहरूको उद्धार गरी आफ्नो सेवा सुरूवातगरेको मानवसेवा आश्रम दाङ शाखाले मंसिर महिनासम्म ४५ जनाको उद्धार गरेको छ भने दुईजनाको पारिवारीक पुनर्मिलन गराइएको उनले जानकारी दिए । यस्तै हाल आश्रममा ३७ जना व्यक्तिहरू आश्रित रहेका छन् ।

हाल देशभरका विभिन्न स्थानमा सञ्चालन गरिएका शाखाहरूको अवस्था हेर्दा ६० प्रतिशत सहयोग नागरिकबाट र ४० प्रतिशत संघ, प्रदेश र स्थानीय सरकारबाट प्राप्त भएको उनले बताए । वि.सं २०८२ सालभित्र देशलाई र यसवर्ष लुम्बिनी प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश निर्माण गर्ने तयारीमा लागिरहेको बताए ।

कार्यक्रमको विषयवस्तुको बारेमा आश्रमका केन्द्रीय सदस्य आदर्श ढकालले जानकारी दिएका थिए । कार्यक्रमका स्वागत दाङ जिल्ला संयोजक उर्वीन सापकोटाले गरेका थिए भने कार्यक्रमको सहजीकरण केन्द्रिय महासचिव सुशीला केसीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here