- Advertisement -spot_img
Sunday, December 5, 2021
Homeखेलकुदवडा कमिटी निर्माण

वडा कमिटी निर्माण

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, २४ कार्तिक । सल्यानमा नेकपा एमालेले राष्ट्रिय युवा संघको वडा कमिटी निर्माण गरेको छ । जिल्लाको दार्मा गाउँपालिका–५ मा युवा संघको वडा कमिटी निर्माण गरिएको हो । बुधबार वडा सम्मेलनमार्फत आशिष चन्द अध्यक्ष रहेको ४१ सदस्यीय युवा संघको वडा कमिटी निर्माण गरिएको हो ।

कमिटीको उपाध्यक्षमा अमर खड्का, सचिवमा मनोजबाबु खड्का, सहसचिवमा रमेश केसी र पहल खड्का तथा कोषाध्यक्षमा मनिषा चन्द रहेका छन् । ‘नयाँ नेतृत्व नयाँ दार्मा’को नारासहित १८ वर्ष माथिका युवाहरू समेटिएको वडा कमिटी निर्माण भएको एमाले दार्मा गाउँपालिका इञ्चार्ज गणेशमान सिंहले जानकारि दिए । दार्माका सबै वडाहरूमा यसरी नै वडा सम्मेलनपछि पालिका सम्मेलन गरिने उनले जनाए ।

बिहीबार जिल्ला कमिटी बैठक

यसैबीच नेकपा एमाले सल्यानले आज बिहीबार जिल्ला कमिटी बैठक बोलाएको छ । नेकपा एमाले सल्यानले २५ गते बिहीबार जिल्ला कमिटी बैठक बोलाएको छ । महाधिवेशन प्रतिनिधि छनौट लगायतका विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक डाकिएको एमाले सल्यानले जनाएको छ ।

बिहीबार जिल्ला सदरमुकाम खलंगास्थित पार्टी कार्यालयमा जिल्ला कमिटी बैठक बस्न लागेको एमाले सल्यानका उपसचिव दान बहादुर केसीले जानकारी दिए । उनका अनुसार बैठकमा प्रतिनिधि छनौटसँगै संगठन विस्तार, परिचालन, पार्टी कमिटीको अवस्था लगायतका विषयमा पनि छलफल हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here