Thursday, April 17, 2025
Homeफिचरतीन प्रदेशमा नयाँ प्रदेश प्रमुख 

तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख 

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौँ, २४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख तोकेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिलाई सिफारिस गरेसँगै राष्ट्रपतिले उनीहरूलाई नयाँ प्रदेश प्रमुखमा नियुक्ति गरेकी हुन् ।

सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेसँगै तीनवटा प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हुन् । नेपालको संविधानको धारा १६५ बमोजिम प्रदेश नम्बर १ का सोमनाथ अधिकारी, कर्णाली प्रदेशका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशका गंगाप्रसाद यादवलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here