- Advertisement -spot_img
Monday, December 6, 2021
Homeखेलकुदफुटबलको उपाधि टरिगाउँलाई

फुटबलको उपाधि टरिगाउँलाई

- Advertisement -spot_img

तुलसीपुर, १६ कार्तिक । दाङको तुलसीपुरमा सञ्चालित सर्वाधिक पुरस्कार राशिको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता–२०७८ को उपाधि टरिगाउँ युवा क्लव तुलसीपुर–१२ ले जितेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर–५ को आयोजनामा अरनिको मैदान तुलसीपुरमा मंगलबार सम्पन्न फाइनल खेलमा सक्सेस फुटबल क्लव तुलसीपुरलाई ४ का विरूद्ध ५ गोल अन्तरले पराजित गर्दै टरिगाउँले उपाधि जितेको हो । उसले उपाधिसँगै नगद १ लाख २५ हजार रूपैयाँ पुरस्कार, कप, मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।

सक्सेस उपविजेतामा सीमित हुँदै नगद ६० हजारमा चित्त बुझाउन बाध्य भयो । यसैबीच प्रतियोगिताको समापन समारोह फाउन्डेसनका अध्यक्ष प्रकाश डाँगी बमको अध्यक्षता तथा शारदा नगरपालिका सल्यानका नगर प्रमुख सुरेश अधिकारीको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र कुमार शाहको विशिष्ठ आतिथ्यमा भएको थियो ।

उक्त अवसरमा दाङको फुटबल खेलको विकासमा अतुलनीय योगदान पु¥याउने स्वर्गीय भानुविक्रम राणाको स्मरण गर्दै मरणोपरान्त र दाङको फुटबल खेलमा जिल्ला तथा प्रदेशस्तरका खेलाडी उत्पादन गर्दै फुटबल खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने तुलसीपुर–५ निवासी सुधिर गुरूङलाई सम्मान गरिएको थियो ।

त्यस्तै विजेता, उपविजेता तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत विधातर्फका वेस्ट प्लेयर खेलाडी युएनबिसी घोराहीका एन्जस रोका, वेस्ट कोच युएनबिसीकै सन्दिप ओली, बेस्ट किपर टरिगाउँ युवा क्लवका शंकर रेउले, टप स्कोरर सक्सेसका आशिष जिसी, वेस्ट डिफेन्स युएनबिसीका सविन ओली, वेस्ट मिड फिल्डर टरिगाउँ युवा क्लवका माधव भण्डारी र मार्चपासतर्फ जीवनप्रेमी एजुकेयर तुलसीपुर–९ बेलुवा जनही ५ हजार तथा ट्रफीले पुरस्कृत गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here