- Advertisement -spot_img
Monday, December 6, 2021
Homeखेलकुदटरिगाउँ र सक्सेस फाईनलमा

टरिगाउँ र सक्सेस फाईनलमा

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १६ कार्तिक । तुलसीपुरमा जारी हिरा डाँगी कप खुल फुटबल प्रतियोगिता २०७८ को मंलगबार फाइनल खेल हुने भएको छ । फाइनल खेलमा वडा नं. १२ को टरिगाउँ युवा क्लव वडा नं. ९ को सक्सेस फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

आइतबार भएको सेमिफाइनल खेलमा सक्सेस फुटबल क्लव युएनबिसी घोराहीलाई ०–२ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सहारा क्लव लखनउलाई ०–४ गोलको फराकिलो अन्तरले पराजित गर्दै टरिगाउँ फाइलनमा प्रवेश गरेको हो । फाइनलमा प्रवेश गरेका दुई क्लवबीच मंगलबार प्रतिस्पर्धा हुने छ ।

खेलको १२औँ मिनेटमा टरिगाउँका जर्सी नं. ११ का खेलाडी चेतन कडायतले पहिलो गोल गरे । सहारालाई सुरूवाती अवस्थामा दबाबमा राख्दै शानदार प्रदर्शन गरेको टरिगाउँको तर्फबाट जर्सी नं. ९ का अर्जुन नेपालीले ३७आँै मिनेटमा थप एक गोल गरे । खेलको सुरूवाती अवस्थादेखि नै दबाबमा रहेको सहाराले आफ्ना थुप्रै गोल गर्न सक्ने अवसर गुमाउदा खेलको ७१आँै र ७९औ मिनेटमा जर्सी नं. ११ का चेतन कडायतले थप दुई गोल गर्दै टिम लाई ४–० को जित दिलाउन सफल भए ।

खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने चेतन कडायत पहिलो गोलकर्तासँगै म्यान अफ द म्याच भए । उनले नगद ३ हजार ५ सय र ट्रफी हात पारे । प्रतियोगितामा उपाधी जित्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले नगद ६० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत विधातर्फका वेस्ट प्लेयर खेलाडी, वेस्ट किपर, वेस्ट डिफेन्स, वेस्ट मिड फिल्डर, हाई स्कोरर, वेस्ट कोच, वेस्ट मार्चपासलाई जनही ५ हजार तथा ट्रफीले पुरस्कृत गरिनेछ । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई ट्रफिको ब्यवस्था गरिएको छ ।

कार्तिक १० गतेबाट जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । यसैबीच आयोजकले मंगलबार हुने फाईनल खेल तथा प्रतियोगिताको समापन समारोहमा उपस्थितिका लागि खेलप्रेमी, खेलाडी, उद्योगी, ब्यवसायी, पत्रकारलगायत सबैमा अनुरोध गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here