- Advertisement -spot_img
Sunday, December 5, 2021
Homebreaking-newsबस दुर्घटनाः सहचालकको मृत्यु, २१ घाइते

बस दुर्घटनाः सहचालकको मृत्यु, २१ घाइते

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ८ कार्तिक । दाङमा यात्रुबाहक बस दुर्घटना भएको छ । तुलसीपुर–घोराही सडकखण्डको मोतिपुरमा भएको बस दुर्घटनामा परि बसका सहचालक प्रेम परियारको मृत्यु भएको छ ।

दाङको सदरमुकाम घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस आइतबार बेलुका दुर्घटना भएको हो । दुर्घटनामा परेर २८ वर्षका घोराही–१० घर भएका बसका सहचालक प्रेम परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख श्यामु अर्यालले बताए ।

गाडीमा सवार अन्य २१ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मोतिपुरमा दुर्घटना भएको बस सडकदेखि खोल्सामा खसेको छ ।
मोतिपुरको ओरालोमा बस सडकदेखि तल खस्न पुग्दा त्यसमा सवार २१ जना यात्रु घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बसले च्यापेका सहचालक परियारलाई जेसिबीको सहायताले उद्धार गरिएको थियो । उद्दार गरेर अस्पताल पु¥याइएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सल्यानमा एकको मृत्यु

यसैबीच सल्यानमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी बागचौर नगरपालिका–१ थारमारेका १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए ।

थारमारेबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको जीप आइतबार कपुरकोट गाउँपालिका–३ मुलपानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी अरू सातजना घाइते भएका छन् । घाइतेमध्ये बबिता रावललाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here