Saturday, April 20, 2024
Homeफिचरआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

२०७८/०७/०७ गते आइतबार
कार्तिक कृष्णपक्ष चतुर्थी तिथि
रोहिणी नक्षत्र
नेपालमा सूर्योदय ६ः१० सूर्यास्त ५ः२५

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफन्तको साथ र सहयोग रहनेछ । परिश्रमबाट लाभयुक्त समय रहेको छ । विगतमा बाँकी रहेका कामहरू बन्ने । शैक्षिक क्षेत्रमा सफलता रहला ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
नविन कार्यमा सफलता छ । स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ । कार्यसफलताबाट उत्साह रहनेछ । सल्लाह, सुझाव दिने प्रशस्त भेटिने छन् ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आर्थिक खर्चको बृद्धि रहला । प्रयासबाट कार्यमा सफलता रहला । आफन्त टाढिने समय रहेको छ । घर परिवार सँग केहि असमझदारी बढनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आर्थिक लगानीमा बृद्धि रहनेछ । परिश्रम बढी कम प्रतिफल रहनेछ । मौका प्रशस्त आउनेछ । तपाईलाई ईष्या गर्नेहरू प्रशस्त रहने देखिन्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
सामाजिक कार्यमा समय दिनुपर्ने देखिन्छ । आशा दिनेहरूबाट धोकामय रहेको देखिन्छ । अरूको भरमा परेमा कार्यमा समस्या रहने देखिन्छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्तको साथ र सहयोगबाट कार्यमा सफलता रहनेछ । विभिन्न समस्या आएपनि तपाईको कार्यशैलीले गर्दा समाधान गर्न सकिने समय आएको छ ।

तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
स्वास्थ्यमा केही समस्या रहन सक्ने । भविष्यको लागि लगानी लगाउने समय रहेको छ । गोप्य कार्यलाई विशेष ख्याल गरेर अगाडि बढ्नु ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
विभिन्न दैनिक उपभोग्य सामग्री संकलन गर्ने समय रहेको देखिन्छ । व्यापार, व्यवसाय गरेकालाई विशेष लाभ रहने समय रहेको देखिन्छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
तपाईको क्षेत्रमा अरूले अधिकार लिने प्रयास गर्नेछन् । अनावश्यक परिश्रममा बृद्धि रहला । आर्थिक क्षेत्रमा सावधानी भएर अगाडि बढ्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
समयलाई चिन्न नसक्दा समस्या रहने देखिन्छ । अरूको काममा समय बढी दिनुपर्ने देखिन्छ । आशा दिनेबाट धोका रहेको रहने समय देखिन्छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
जग्गा, जमिन कृषि क्षेत्रबाट सफलता रहनेछ । विगतको कमिकमजोरी सुधार गर्ने समय रहेको छ । कृषि क्षेत्रमा लागेकालाई फाइदा रहनेछ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
कार्यमा केही ढिलाइ रहेता पनि प्रयासबाट सफलता रहनेछ । घरपरिवार तथा दाम्पत्य जीवनमा समस्या रहला । सञ्चित रकम खर्च गर्ने बेला छ ।

वास्तु ज्ञान
मन्दिरमा चढाउने वस्तुलाई चाख्ने वा सुँघने काम गर्नुहुँदैन । मन्दिर तथा देवतालाई अर्पण गर्ने वस्तुलाई सुँघ्ने वा चाख्ने कार्य गर्नुहँुदैन । मूर्तिलाई दण्डवत् प्रमाण गरेर उठिसकेपछि आफ्ना कपडालाई टक्ट्क्याउन हुँदैन । मूर्तिमा बायाँ हातले पानी हाल्नु हुँदैन । दायाँ हातले पूजा गरिनुपर्छ ।

 

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here