- Advertisement -spot_img
Sunday, December 5, 2021
Homeसमाजमानव सेवा आश्रमलाई सहयोग

मानव सेवा आश्रमलाई सहयोग

- Advertisement -spot_img

तुलसीपुर, ६ कार्तिक ।

लायन्स क्लव अफ तुलसीपुर इशान र लियो क्लब अफ तुलसीपुर इशानले तुलसीपुरमा रहेको मानव सेवा आश्रममा फ्रिज सहयोग गरेको छ । क्लवले शुक्रबार एक कार्यक्रमको आयोजना गरी आश्रमलाई २९० लिटर क्षमताको फ्रिज तथा फलफूल सहयोग गरेको क्लवका उपाध्यक्ष ऋषिराज भण्डारीले बताए ।

क्लवका अध्यक्ष बुद्ध प्रकाश सिंहको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक एक्जक्युटिभ चिफ विनोद कुमार श्रेष्ठ, एरिया ५ चिफ टेकन कँडेल, मानव सेवा आश्रमका जिल्ला संयोजक उर्विन सापकोटाले बोलेका थिए ।

कार्यक्रम संयोजक मानबहादुर गुरूङले स्वागत मन्तब्य र द्वितीय उपाध्यक्ष ऋषिराज भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन रमेश रेग्मीले गरेका थिए । सहयोग मेघराज ढकाल, सुमन चन्द्र गुरूङ, सुमिना श्रेष्ठ र ललित चालिसे र प्रवीण गौतमबाट प्राप्त भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here