- Advertisement -spot_img
Sunday, December 5, 2021
Homeफिचरप्रथम हिरा डाँगी स्मृति कप फूटबल प्रतियोगिता हुने

प्रथम हिरा डाँगी स्मृति कप फूटबल प्रतियोगिता हुने

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ५ कार्तिक । दाङको तुलसीपुरमा सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता–२०७८ हुने भएको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर–५ को आयोजना सञ्चालन हुने प्रतियोगिता यहि कार्तिक १० गतेदेखि तुलसीपुर अरनिको खेल मैदानमा सुरू हुनेछ ।

स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो । २०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समूहको आक्रमणमा परी ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हिरा डाँगी फाउन्डेसनका अध्यक्ष प्रकाश डाँगी बमले जानकारी दिएका छन् ।

विश्वब्यापी रूपमा फैलिएको कोरोना भाईरसका कारण लामो समय ठप्प बनेको स्थानीयस्तरको खेल गतिविधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउँदै सञ्चालन गरिन लागिएको प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा उपाधि जित्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै उपविजेताले नगद ६० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फका वेस्ट प्लेयर खेलाडी, वेस्ट किपर, वेस्ट डिफेन्स, वेस्ट मिड फिल्डर, हाई स्कोरर, वेस्ट कोच, वेस्ट मार्चपासलाई जनही ५ हजार तथा ट्रफीले पुरस्कृत गरिनेछ । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई ट्रफिको व्यवस्था गरिएको अध्यक्ष डाँगीले जानकारी दिए ।

कार्तिक १६ गतेसम्म हुने प्रतियोगिताका खेलहरू नकाउट प्रणालीका आधारमा खेलाइने छ । यसैबीच प्रतियोगिता मूल आयोजक समितिले आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ । प्रतियोगिता भव्य एवं सभ्य तवर सम्पन्न गर्नका लागि मूल समितिका मातहतमा रहेका विभिन्न उपसमितिले प्रचार प्रसार, आर्थिक व्यवस्थापन, खेल मैदान मर्मतलगायतका तयारीलाई तिब्र पारेकोसमेत जानकारी दिएको छ ।

पाँचौं सक्रिय कप खुला फुटबल प्रतियोगिता

यसैबीच पश्चिम दाङको चरकमटियामा पाँचौं सक्रिय कप खुला फुटबल प्रतियोगिता–२०७८ हुने भएको छ । सक्रिय युवा क्लव बबई–७ को आयोजना तथा बबई गाउँपालिका वडा नम्बर ७ को व्यवस्थापनमा शुभ दिपावलीको अवसरमा हुन लागेको प्रतियोगिता यही कार्तिक १२ गतेदेखि चरकमटिया खेल मैदानमा सुरू हुने भएको छ ।

पश्चिम दाङमा फुटबल खेलको पहँुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष पूर्ण पंकज पुन जानकारी दिएका छन् । प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा उपाधी जित्ने टिमले नगद ७० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले नगद ३५ हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फका वेस्ट प्लेयर खेलाडी, वेस्ट किपर, वेस्ट डिफेन्स, वेस्ट मिड फिल्डर, हाई स्कोररलाई पुरस्कृत गरिने क्लवका सचिव सुजन कुमार राम्जाले जानकारी दिए । झण्डै एक सातासम्म चल्ने प्रतियोगिताका खेलहरू नकाउट प्रणालीका आधारमा खेलाईने छ । यसैविच आयोजकले आफ्नो

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here