- Advertisement -spot_img
Monday, December 6, 2021
Homebreaking-newsउल्लासमय दशैँ

उल्लासमय दशैँ

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २६ असोज । हिन्दूहरुको महान पर्व विजयादशमी (बडादशैँ) घर–घरमा भित्रिएको छ । घटस्थापनाको दिन राखिएको जमरा दशैँको लागि तयारी अवस्थामा छन् । यो समयमा घर–घरमा मासुको लागि आवश्यक पर्ने खसी, बोका र कुखुराहरु तयारी अवस्थामा राखिएका छन् ।

दशैँको लागि किनमेल गर्न आउनेहरुको भिड पनि कम्ति छैन बजारमा । गत वर्षको तुलनामा यो वर्षको दशैँमा आवश्यक पर्ने खाद्यान्न सामग्रीहरुको अभाव भने यथावत नै छ । कोरोनाको कहरले थाकेको दशैँलाई यस वर्ष केही उल्लास थपिएको छ । नियमित अनुगमनको कारण पनि उपभोक्ताहरुले कालोबजारीको मार खेप्नु परेको छैन् । दशैँको लागि आवश्यक पर्ने मैदा, पीठो र तेल गृहणीहरुको माग अनुसार पाउन सकेका छन् ।

किराना पसलहरुमा तेल, पीठो मैदा किन्नेहरुको लामो लस्कर छ । दशैँको लागि भनेर कपडा किन्नेहरुको भिड पनि कम छैन् । टाढा–टाढा घर भएका दशैँ मान्न जानेहरु यात्रीहरु घण्टौ लगाएर सवारी साधानहरुलाई पर्खिरहेका छन् । हिन्दूहरुको महान पर्व दशैँ हो । सबैजना दशैँ रमझममा छन् ।

सिमेन्टले प्लास्टर गरिएको घरहरु रंगिएका छन् भने कच्ची घरहरु रातो माटो र कमेरोले पोतिएका छन् । दशैँमा सामानहरु किनमेल गर्न आउनेहरुको ठूलो जमात छ । चोक–चोकहरुमा सामान किन्न आउनेहरुको मेला लागेको छ । ‘वर्षको दिनको दशैँ हो, हाँसी खुशीका साथ मनाउनुपर्छ बजारमा सबैको बोली यही छ ।

यो पर्वमा मासुलाई विशेष प्राथमकिता दिईने हिन्दू धर्मालम्वीहरु बढी प्रचलनमा छ । १० दिनसम्म मनाईने दशैँमा धेरैजसोको अन्य खानपिनको तुलनामा चिन्ता हुने भनेको मासुमा हो । अन्य पर्वको तुलनामा धेरै दिन मर्नाइने दशैँ पर्वमा अन्य खानेकुराको तुलनामा कति मासु घरमा भित्र्याउने होला भनेर सोंच्ने विषय बनेको छ । दशैँमा मासुकै लागि भनेर बली हान्ने चलन छ । तर दशैँलाई सभ्य भव्य रुपमा बनाउने र संस्कृति तथा परम्परालाई जगेना गर्ने प्रकारले मनाउनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here