Saturday, March 15, 2025
Homebreaking-newsसहजतामा दशैँ

सहजतामा दशैँ

- Advertisement -spot_img

 

कोरोना महामारी विस्तारै कम हुँदै गएको छ । बिगत दुई वर्षयता कोरोनाका कारण दशैँ, तिहार जस्ता ठूला चाडपर्व सहजरूपमा मनाउन पाइएको थिएन । अहिले कोरोना संक्रमणदर मत्थर बन्दै गएको अवस्थामा दशैँ केहि उल्लासपूर्ण हुने अपेक्षा छ । घरपरिवारसँगै दशैँ, तिहारजस्ता चाडपर्व मनाउन नेपालीहरू हर्षित भएका छन् । कोरोनाका कारण चाडपर्वहरू खल्लो बनिरहेको अवस्थामा अहिले चाडपर्वका लागि वातावरण सहज बन्दै गएको छ । कोरोना महामारी कम भइसकेको अवस्थामा यसपालिको दशैँलाई कसरी मनाउने तयारी छ भनेर विभिन्न क्षेत्रका व्यक्तिहरूलाई प्रदेश टुडेको राउण्ड टेबलमा ल्याएका छौं ।


जीतसागर जि.एम.


जनता सँगसँगै दशैँ

कोरोना महामारी कम भएपनि जोखिमै रहेको छ । त्यसकारण पनि यसपटक पनि सकेसम्म स्वास्थ्य सुरक्षाका लागि न्यूनतम मापदण्डहरू पालना गरेर दशैँ मनाउन आग्रह गर्दछु । म पनि सोहिअनुरूप नै दशैँलाई मनाउने तयारी छ । गतवर्षहरूमा कोरोना महामारीले दशैँ पर्व नरमाइलो हुन्थ्यो तर अहिले विस्तारै सहज बन्दै गएको छ । कोरोना संक्रमणदर कम भएकाले पनि गतवर्षभन्दा केही विषेश हुन्छ नै । धेरैजनाले कोरोनाविरूद्धको खोप लगाइसकेको हुँदा पनि आत्मविश्वास बढेको छ ।

संक्रमणको जोखिमलाई ख्याल गरी दशैँलाई मनाउने तयारी छ । घरमै पनि स्पेशल रूपमा दशैँ मनाउन सकिन्छ ।
त्यसैले मेरो योजना यसपटक जनताहरूसँगै हुन्छ । कोरोना जोखिम कायम भएपनि स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पालना कोरोनाले गतवर्ष धेरैले परिवारसँगै दशैँ, तिहारजस्ता ठूला चाडपर्व मनाउन पाएनन् । मैले पनि गतवर्ष सीमित परिवारसँग भेटघाट गरेर दशैँ मनाएको थिएँ तर यसवर्ष केही आफन्तहरू पक्कै बढ्ने छन् ।

विषेशगरी दशैँ, तिहारजस्ता चाडपर्वमा भिडभाड हुन्छ नै तर स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पालना गरेर चाडपर्वलाई मनाउनुपर्छ । आजको सानो लापरबाहीले भोलिको दिनमा फेरि भयावह स्थिति आउन नदिनका लागि सबै सचेत हुनुहोस्, आउँदै गरेको दशैँ, तिहारको शुभकामना दिन चाहन्छु । दशैँ, तिहारलाई सभ्यरूपमा मनाउन आग्रह गर्दछु ।


यसपालिको खास हुन्छ

यसपालि दशैँ घरमै हुँदैछ । तर गतवर्षभन्दा अलि विषेश हुन्छ भन्ने आशा छ । गतवर्षमा सबै एकै ठाउँमा जम्मा हुन सक्ने अवस्था थिएन । तर यसपटक कोरोना महामारी कम भइसकेको हुँदा केही सहज केही विषेश हुन्छ कि आशा छ । तर हाम्रो दशैँ तडकभडक भने हुँदैन् । मान्यजनसँग भेटघाट, आशीर्वाद लिने नै विषेश हो । गतवर्षहरूमा कोरोनाका कारण सहजरूपमा दशैँ मनाउन पाइएको थिएन् । अहिले कोरोना महामारी कम भइसकेको हुँदा पनि दशैँ केही विषेश हुन्छ होला भन्ने आशा हो । विकास निर्माणका काम पनि नभएकाले यसपटक हामीसँग श्रमिक पनि थिएनन् ।

गतवर्षमा पनि कोरोना महामारीले काम हुन पाएन्, यसपटक पनि वर्षाको मौसममा विकास निर्माणका काम हुन सकेन । अब दशैँ तिहार लगत्तै विकासे योजना शुरू हुने भएकाले पनि घुमघामको योजना छैन् । चाडपर्व भनेकै पारिवारिक भेटघाट हो । त्यसैले यसपटक स्पेशल भेटघाटमै दशैँ पर्वलाई घरबाट बिदा गर्ने योजना बनाएको छु । कोरोना केही कम भएको अवस्थामा यसपालि केही विषेश पक्कै हुनेछ ।


घरमै दशैँ

कोरोना संक्रमणदर कम भइसकेको छ । गतवर्षमा कोरोना महामारीका कारण ढुक्कले चाडपर्व मनाउन सक्ने अवस्था थिएन् । अहिले कोरोनाविरूद्धको खोप लगाइसकिएको र लगाउन बाँकीलाई पनि आत्मविश्वास बढ्दै गएको हुँदा यसपालि ढुक्कले मनाउन सक्ने अवस्था छ । तर पनि मेरो दशैँ यसपटक पनि घरमै हो । यसपालि पनि मेरो घुम्ने योजना छैन् । कोरोनाको जोखिम कायमै रहेको हुँदा पनि घर परिवारसँगै बसेर दशैँ मनाउने योजना बनाएको छु ।

गतवर्षमा कोरोना महामारीले घुम्ने वातावरण थिएन्, तर म यसपटक पनि घुम्ने पक्षमा छैन् । घरमा सबै परिवारको जमघट हुँदैछ । तर स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डको पालना गरेर दशैँ पर्व मनाउने तयारी गरेका छौँ । यसपटक हामीमात्रै होइन्, धेरैजना घर परिवारसँग भेटेर दशैँ मनाउँदै हुनुहुन्छ भन्ने लाग्छ । कोरोना महामारी गतवर्ष जस्तो छैन् । संक्रमणदर ओरालो लागिसकेको अवस्थामा दशैँ तिहारजस्ता चाडपर्व ढुक्कले मनाउने वातावरण बन्दैछ ।

अहिले परिवारसँगै ढुक्कले दशैँ पर्व मनाउने वातावरण बनेको छ । पोहोर सालभन्दा यसवर्ष व्यापार व्यवसाय बढेको छ । निश्चित वस्तुहरू जस्तै कपडा र दैनिक उपभोग्य वस्तुको व्यवसाय बढ्दो छ । तर अझै पनि पूर्णरूपमा पहिलेकै अवस्थामा गइसकेको छैन् । भिडभाड भने बढ्दो छ । किनकी प्रदेशिएका धेरै नागरिकहरू घर फर्कन थालेका छन् । अवस्था गतवर्षभन्दा धेरै फरक छ । गतवर्षमा दशैँको समयमा बजारमा यति धेरै भिडभाड थिएन् तर अहिले निकै चहलपहल बढेको छ । जे भएपनि अहिलेको दशैँ सबैका लागि सुखद रहोस् भन्ने कामना गर्दछु ।

कोरोना संक्रमणदर केही कम भइसकेको छ तर अझै पूर्णरूपमा कम नभएको हुँदा पनि सभ्य र सुरक्षित रूपमा मनाउनुपर्ने छ । म र मेरो परिवारले सभ्य र सुरक्षित रूपमा दशैँ, तिहारजस्ता चाडपर्व मनाउँदैछौँ । म सबै नागरिकलाई पनि कोरोनाबाट बच्नका लागि अपनाउनुपर्ने मापदण्ड अपनाउन हुन अनुरोध गर्दछु । दशैँ, तिहारको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना पनि व्यक्त गर्दछु ।


ढुक्कको दशैँ

दशैँ यसपाली खास छैन्, तर गतवर्षभन्दा केही ढुक्कले मनाउँदै छौँ । कोरोना महामारीका कारण दुई वर्षसम्म दशैँ, तिहारजस्ता ठूला चाडपर्व ढुक्कले मनाउन सक्ने अवस्था थिएन् । अहिले कोरोना मत्थर बनिसकेको र कतिपयले खोपसमेत लगाइसकेको हुँदा थोरै भएपनि ढुक्कले चाडपर्व मनाउने वातावरण भइसकेको छ । यस्तो अवस्थामा अहिले हामी घरमै बसेर सबै परिवारसँग दशैँ मनाउने योजना बनाएका छौँ । तर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना हुने छन् ।

कोरोनाको स्थिति अहिले मत्थर भएपनि फेरि भयावहको स्थिति नआउला भन्न सकिँदैन् । गतवर्षभन्दा केहि सहज भएपनि अझै पनि बिगतका वर्षको जस्तो स्पेशल हुँदैन् । थौरै भएपनि स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पालना गरेर चाडपर्वलाई मनाउने छौँ ।

गतवर्ष कोरोना जोखिमकै कारण आफन्तहरू एकै ठाउँमा जम्मा भएर दशैँ पर्व मनाउन सक्ने अवस्था थिएन् । त्यो समयमा आ–आफ्नो ठाउँबाट दशैँ पर्व मनाएका थियौँ । तर यसवर्ष भौतिक उपस्थिति गतवर्षभन्दा केही सहज हुनेछ । त्यसैले पनि गतवर्षको भन्दा यसवर्षको दशैँमा केही उल्लास थपिने नै छ । खानपिनमा भने केही सजकता पक्कै हुनेछ । कोरोना संक्रमणको जोखिमलाई ख्याल गरी पर्व मनाउने कुरामा हामी सचेत छौँ । अझै सहज भइसकेको स्थिति होइन्, स्वास्थ्य सजकता अपनाउनुपर्ने नै छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here