Friday, April 18, 2025
Homebreaking-news‘सहकारीलाई विश्वसनीय बनाएका छौं’

‘सहकारीलाई विश्वसनीय बनाएका छौं’

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २५ असोज । तुलसीपुरमा रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरूको विश्वासलाई कसिलो बनाउँदै विश्वसीयता कायम राखेको बताएको छ । पूर्व बैंकर्सहरूले सञ्चालन गरेको सहारा सहकारीको १४औ वार्षिकोत्सवको अवसरमा यस्तो जानकारी गराइएको हो ।

सहारा सबैको भरपर्दाे, विश्वसनीय र प्रभावकारी सहकारी भएकै कारण १४ वर्षसम्म सफलता पूर्वाध आएको संस्थापक अध्यक्ष विष्णुप्रसाद शर्माले बताए । उनले शेयर सदस्यहरूको लगानी सुरक्षित गराउने, सहकारीको विस्तारका लागि संस्थाले गतिविधिहरू सञ्चालन गरेको बताए ।

तुलसीपुर उपमहानगरपालिका सहकारी समितिका संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष टोप बहादुर केसीले केही सहकारीहरूमा बेतिथि बढको भन्दै नीतिसम्वत सञ्चालन गर्न चुनौति रहेका बताए । नगरले नियमनको नीति लिए पनि सबैसँग पुग्न नसकेको बताए । संस्थाका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार यमप्रसाद भुसाल, सहकारी बैंकका मनोज लामिछाने, उषा गौतम, नारायण कुमार आचार्य लगायतले बोलेका थिए ।

उक्त अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान दिइएको थियो । कार्यक्रमकोे सञ्चालन सचिव भीमलाल मरासिनीले गरेका थिए । साधारणसभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष शालिकराम वलीले, वार्षिक प्रतिवेदन सचिव मरासिनीले प्रस्तुत गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here