- Advertisement -spot_img
Monday, December 6, 2021
Homeफिचरपार्टीभित्र बेतिथि बढ्योः गिरी

पार्टीभित्र बेतिथि बढ्योः गिरी

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २५ असोज । नेपाली कांग्रेसका नेता पूर्व सांसद तथा पूर्व जिल्ला सभापति गेहेन्द्र गिरीले पार्टीभित्र बेतिथि बढेको बताएका छन् । असल र निष्ठावान कार्यकर्ताहरू पछि पर्ने र पैसा मसल भएकाहरू अघि बढ्ने अवस्था आएकोले पार्टीभित्र बेतिथि बढेको उनको तर्क छ ।

आइतबार दशैँ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता गिरीले यस्तो बताएका हुन् । कांग्रेस पार्टीभित्र पछिल्लो समय महाधिवेशनपछि केही अवसरवादीहरू हावी भएकोसमेत बताए । निर्वाचन खर्चिलो हुँदा पार्टीमा क्षमतावान व्यक्तिभन्दा हुनेखाने वर्ग हाबी हुन थालेको उनको भनाई छ । ‘निर्वाचनमा अस्वभाविक रूपमा गरिने खर्चले देशको भविष्यलाई उज्वल बनाउँदैन्’ उनले भने– ‘अहिलेको अवस्थामा त पैसा हुनेले मात्रै राजनीति गर्नुपर्छ भन्ने विकास भएको छ ।’

आर्थिक नहुनेहरूको राजनीतिक भविष्य नै प्रगतिको पथमा नहरेको उनले बताए । ‘व्यक्तिको इष्र्याले पार्टी हराउन थाल्यो’ उनले भने–‘अबका दिनमा व्यक्ति हैन्, पार्टी चुनावमा लड्ने हुनुपर्छ ।’ उनले अधिकांश नेतृत्वले गन्तव्यमा गएपछि बिगतलाई भुल्ने परम्परा कायमै रहेको बताए ।

‘दल बलियो भएमात्रै प्रजातन्त्र बलियो हुन्छ’ उनले भने– ‘तर कांगे्रसमा नेतृत्व पंक्तिमा केही समस्या रहेको छ ।’ कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा र गाउँ÷नगरको सम्पन्न अधिवेशनमा केही गलत व्यक्ति नेतृत्वमा आएको उनले आरोप लगाए । ‘सक्षम र इमान्दार कार्यकर्ता बाहिर भए’ उनले भने– ‘नेतृत्वमा गलत व्यक्ति घुसेको छ, यसले कांग्रेसलाई सहीभन्दा गलत बाटोतिर लैजान्छ’ भन्ने लाग्छ । जिल्ला सचिव टेकबहादुर वलीले पार्टीभित्रको विकृतिलाई सबैले हटाउने प्रयास गर्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन नेविसंघका जिल्ला कोषाध्यक्ष अरूण लहरेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here