- Advertisement -spot_img
Monday, December 6, 2021
Homeसम्पादकीयदशैँको शुभकामना

दशैँको शुभकामना

- Advertisement -spot_img

हिन्दूहरूको महान चाड विजयादशमी घर–घरमा छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी सद्भाव, एकताको पर्वको रूपमा पनि लिइने गरेको छ । शक्ति, सहिष्णुता, सद्भावप्रतिको समर्पित पर्वको रूपमा पनि दशैँ नै रहेको छ । यसको धार्मिक आस्था फरक छ ।

धर्मसँगै दशैँजस्ता पर्वलाई वर्षभरी कामको थकानबाट मुक्ति पाउने पर्वका रूपमा पनि व्याख्या हुनु ब्यवहारिक रूपमा पनि सद्भावको पुष्ट्याई गर्दछ । परापूर्वदेखि मनाइँदै आएको यो पर्वलाई राज्यले समेत महत्व राम्रै दिएको देखिन्छ । अन्य चाडपर्वभन्दा दशैँको राज्यस्तरबाट निकै महत्व रहन्छ । मिलनको र सद्भावको पर्वको रूपमा रहेको दशैँको महत्व झनै देखिन्छ ।

सामाजिक, साँस्कृतिक मेलमिलाप, पारस्परिक सद्भाव, भाइचारा, सहअस्तित्व, बन्धुत्व र राष्ट्रिय एकता हो । दशैँसँगै जोडिएको सन्देश यसको प्रवद्र्धन र विकास अहिलेको आवश्यकता पनि छ । दशैँले पनि यिनै सामाजिक भूमिका निर्वाह गर्ने बाटो देखाउँछ । दशैँको परम्परा र किम्बदन्तीलाई एकतालो समेट्न सक्नुपर्छ । सद्भावसँगै दशैँलाई देशको सिर्जनशीलताका लागि एउटा महत्वपूर्ण अवसर निर्माण गर्नुपर्छ । हिन्दूत्व र राष्ट्रका लागि एकताबद्ध बनाउन भूमिका देखिनुपर्छ । दशैँ हुने खानेका लागि मात्रै भन्दा पनि हुँदा खादाका लागि पनि दशैँ–दशैँजस्तो हुनुपर्छ ।

विभेद र देखासिकीमा मनाइनु हुँदैन । दशैँको यो सुखद अवसर कुनै पनि नेपालीको अनुत्पादक काममा प्रयोग नहोस् दशैले सबैलाई सफलता दिलाउन सक्नुपर्छ । अहिले मुलुकको पुनर्संचनासँगै फेरिएको स्वरूपमा संघीयता, गणतन्त्रजस्ता ऐतिहासिक परिवर्तन र संविधान संस्थागत हुँदैछन् । तीन तहको सरकार बनेको छ र मुलुकमा नयाँ युगमा प्रवेश गरेको छ । त्यसलाई चाडवर्पले पनि एकताको सूत्रमा बाँधेको छ । विजयादशमीसँगै परिवर्तन अझै संस्थागत र व्यवस्थित बन्दै जानु आवश्यक देखिन्छ ।

यो वर्षको दर्श कोरोना कहरमा छ । विगतको जस्तो स्वतन्त्र नहुने अवस्था छ । यो दशँै बचेर रमाउनु हामी सबैको लागि उत्तम हुन्छ । दशैँ आपैmमा शक्तिशाली पर्व हो । यसले पक्कै पनि कोरोनालाई जित्ने छ । १५ दिनसम्म मनाइने बडादशैँले सबैको विचारमा सकारात्मक, नयाँ सोच, समृद्धिको सपना स्थापित गरेर मुलुकमा आर्थिक समृद्धि र सामाजिक रूपान्तरण ल्याउने वातावरणको सिर्जना गरोस् । देश हाक्ने र नेतृत्व गर्नेहरूमा सुविचार पलावस् । विकास र समृद्धिका नारा कार्यान्वयनको अवस्था सिर्जना होस् । कोरोनालाई जित्दै दशैँ सबैको सुखद र भब्य बनोस् । सबैमा विजयादशमीको मंगलमय शुभकामना ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here