Saturday, March 15, 2025
Homebreaking-newsकांग्रेसको शुभकामना आदान–प्रदान, पार्टीको जग बलियो बनाऊ

कांग्रेसको शुभकामना आदान–प्रदान, पार्टीको जग बलियो बनाऊ

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २४ असोज । पार्टी बलियो हुनलाई पार्टीको तल्लो तहको संरचना बलियो हुनुपर्ने कांग्रेस नेताहरूले बताएका छन् । तल्लो तह पिलर भएको हुँदा पहिले जग र पिलर बलियो बनाउन सबै जुट्नुपर्ने उनीहरूको भनाइ छ ।
कांग्रेसका इकाई समितिहरू पार्टीको पिलर भएकाले मजवुद हुनुपर्ने बताएका हुन् ।

भर्खरै वडा तथा पालिका तहको निर्वाचन सम्पन्न भएका वडा सभापतिहरूको काँधमा पार्टीलाई अड्याउनुपर्ने जिम्मेवार आएको बताएका थिए । नेपाली कांग्रेस घोराही उपमहानगर समितिले आयोजना गरेको विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रममा सहभागी नेताहरूले यस्तो बताएका हुन् । वडा तहमा पार्टीलाई बलियो बनाउनसकेमा आमनिर्वाचनमा सबै निर्वाचन कांग्रेसले जित्ने आधार बन्ने उनीहरूको तर्क थियो ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति भूपबहादुर डाँगीले वडा बलियो भए मात्र पार्टी बलियो हुने बताए । ‘पार्टी कसरी लैजाने भन्नेमा वडा सभापतिहरूको हातमा छ’ उनले भने, ‘पार्टीको विगतका गतिविधिहरूलाई सिकाइको रूपमा अगाडी बढाउन पर्छ । पूर्व जिल्ला सभापति मोहनलाल वलीले पार्टी सिद्धान्तबाट सञ्चालन हुने भएकाले व्यक्तिको मनपरी नचल्ने बताए । पछिल्लो समयमा पार्टीको सिद्धान्तभन्दा व्यक्तिवादी हाबी भएको भन्दै यो सुधार आवश्यक रहेको बताए ।

संविधानसभा सदस्य राजु खनालले जनताको भरोसा र आशा नेपाली कांग्रेस नै भएकाले वडा तहलाई बलियो बनाएर लैजान आग्रह गरे । जनतालाई पार्टीसँग जोड्नको लागि वडाका सभापतिहरूको मुख्य भूमिका हुने उनले बताए । ‘पार्टीलाई बलियो बनाउने वडा नै हो, वडा नै पार्टीको जग हो, पिलर हो’ उनले भने ‘त्यहि अनुसार जानुपर्छ । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले पार्टीलाई चलाउनको लागि युवाहरूको काँधमा आएको बताइन् । अधिकांश वडाहरूमा युवाहरूको नै नेतृत्व आएकाले पार्टी थप चलायमान, क्रियाशील हुने आशा लिईन् ।

नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाका समितिका सभापति तिलक रावतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति कृतिबहादुर खड्काले वडा तथा नगर सभापतिमा अधिकांश युवाहरू नै आएकाले धैर्य, अनुशासनमा रहन सुझाव दिए । ‘पार्टीको शक्ति नै वडा हुन्’ तपाई बलियो भए पार्टी बलियो हुने हो, पार्टीलाई चलायमान रूपमा अगाडी बढाउनुपर्छ उनले भने । कार्यक्रमको सहजीकरण सचिव पुष्पराज आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here