श्रीराम दहित
जीवनको हरेक पल त्यो भौतिक होस् वा आध्यात्मिक मार्गदर्शन अति जरूरी हुन्छ । त्यसैले शिक्षा, स्वास्थ्य, विज्ञान तथा आध्यात्मिकको व्यापक संयन्त्र स्थापित रहेका छन् । शिक्षक तथा गुरूहरूको मार्गदर्शन आशीर्वादबाट विद्यार्थी साधकहरूको जीवनमा गति प्रदान गर्दछ, प्राण उर्जा भरिन्छ, लक्ष्यतिर गति बढ्छ तर त्यतिले मात्र सन्तुष्ट हुनु अधुरै मानिन्छ ।
जीवनमा धेरै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ प्रतिस्पर्धाकै क्रममा विशेष व्यक्तित्वहरूको मार्गदर्शन आवश्यक पर्दछ । त्यतिले मात्र लक्ष्य प्राप्ति हुँदैन जसका लागि व्यक्ति साधक एक्लै निरन्तर संघर्षरत रहनुपर्ने हुन्छ । खुट्टा तान्नेहरूले जसरी अथ्र्याउन तर्क गरून् । पर्वतारोही, खेलाडी, परीक्षार्थी तथा साधक सधैं मार्गनिर्देशकको निर्देशनमा दृढतापूर्वक कर्म गर्नुपर्दछ सफलता कसरी प्राप्ति भयो स्वयंलाई अहंकार गर्नु परिस्थिति हुँदैन ।
आफू जलेर उज्यालो अरूलाई दिने वस्तुको नाम हो दीप । विशेषगरी आध्यात्मिक मार्गमा नविनतम चेतनाको रहस्य उद्घाटित हुँदै गर्दा विविध कष्टपूर्ण चुनौतिसँग खुसीका साथ सामना गर्नुपर्ने हुन्छ । गुरू मार्गदर्शक आन्तरिक बाहिरी रूपमा मार्गदर्शन संरक्षण कर्तव्यबोधका साथ गरिरहन्छन् । भगवान बुद्धको जीवनको अन्तमा शिष्यहरूले प्रश्न गरे भगवान हामी हजुरबिना कसरी बाँच्ने होला ? कसले हामीहरूलाई मार्गनिर्देशन गर्ला ? साधना मार्गमा कसरी यात्रा गरौंला ? भगवान बुद्धको मुखबाट अमृतबानी निस्कियो ‘अप्प दीपो भवः।’ तिमीहरू सबै दीप बन जुन स्वयं तथा अरूका लागि सहायक तथा निर्देशक बनोस् ।
स्वतन्त्र चिन्तन–मनन् एवं आत्मसाधनाद्वारा आफूमा रहेको प्रकाश–पुञ्ज स्वयं खोजौं जागृत गरौं । सनै–सनै साधना उपासना मार्गमा हिड्दै जाँदा प्रज्ञाबान विवेकशील आत्मानुभूति गर्नसक्ने भएमा मनुष्य जीवनको सार झल्किनेछ । सनातन हिन्दू परम्परामा गुरूको महत्व गुरू ब्रह्मा, गुरू विष्णु, गुरू महेशको रूपमा स्थापित रहेको छ ।
आफू जलेर उज्यालो अरूलाई दिने वस्तुको नाम हो दीप । विशेषगरी आध्यात्मिक मार्गमा नविनतम चेतनाको रहस्य उद्घाटित हुँदै गर्दा विविध कष्टपूर्ण चुनौतिसँग खुसीका साथ सामना गर्नुपर्ने हुन्छ । गुरू मार्गदर्शक आन्तरिक बाहिरी रूपमा मार्गदर्शन संरक्षण कर्तव्यबोधका साथ गरिरहन्छन् ।
जसरी गुरूको महत्वको वर्णन शास्त्र वेद पुराणमा गरिएको छ त्यससँगै गुरूको आदर्श मान्यता दर्शन आचरणलाई व्यावसायिक बनाउँदै लैजानुपर्ने हुन्छ । मानव जीवनलाई सदुपयोग गर्नुछ भने गुरूबाट प्राप्त ज्ञान, सीप, उपदेश, आदर्शलाई दैनिकी बनाउनुको विकल्प छैन । आफैं दीप बनौं भन्ने आदर्शले सत्यता अपनाऔं तथा असत्यप्रति कसैको अन्धभक्त नबनौं भन्ने अर्थ राख्दछ । ‘अप्प दीपो भवः’को सन्देश एउटा दियोले घोर अन्धकारलाई सहजै चिर्दै उज्यालोमा परिवर्तन गरेको देखिएता पनि स्वयं जलेर जगत्का लागि त्याग समर्पण भौतिक बलिदान गरेको वास्तविक महसुस गर्न गराउन धेरै बाँकी छ ।
अन्धकार जति ठूलो किन नहोस्, यदि हामी दियोझैँ जल्न प्रतिबद्ध, साहस गर्दै मानव जीवन आलोकित गर्न अगाडि बढेमा असंख्य भड्किएका जनशक्तिका लागि प्रेरणा प्राप्ति हुनेछ । मानवलाई महामानव देवतुल्य बनाउन सहायक सनातन हिन्दू परम्परा चाडपर्व तथा संस्कृतिले विशेष महत्व राख्दछ ।
ज्योतिषशास्त्र गणितीय तथ्यांक अनुसार निर्धारण गरिएका हाम्रा तिथि, मिति, बार तथा चाडपर्वहरूलाई व्यावहारिक बनाउन सकियो भने हाम्रो निर्धारण गरिएको लक्ष्य सफलिभूत हुन्छ ।
हाम्रा सुसंस्कृतिभित्र कुसंस्कृतिको विस्तारै प्रवेश हुँदा लक्ष्यविहीन यात्रीको रूपमा भगवान समेत लोभ्भिने सुर दुर्लभ मानव चोला कौडीको मूल्यमा फाल्दै छौँ ।
प्रत्येक पल सकारात्मक सोंच गर्दै नित्य नियमित आहार–विहार सादगी जीवनशैली योग, ध्यान, गायत्री मन्त्र जपको अभ्यास गर्नु गराउन आवश्यक छ । हाम्रा चाडपर्वहरू शक्ति संचयका लागि व्रत अनुष्ठान, उपवास, उपासना, आराधना तथा साधनाका रूपमा गरिएझैँ आज हामी असत्यका अगाडि झुक्न नपरोस् भन्ने बडादशैंअन्तर्गत नवरात्रको चौथो दिनको अनुष्ठान गर्दैछौं ।
शक्ति सञ्चय गर्ने बहानामा शक्ति छिटो–छिटो क्षय हुने खानपिन बानी व्यवहारले गर्दा संस्कृतिमा विकृति भित्र्याउन विवेक गुमाउँदै छौँ । सद्वुद्धिकी देवी गायत्रीले मानव देहमा भएका पञ्चतत्व जसलाई आधुनिक विज्ञानले कोषकोशिका नाम दिएको १६ सय करोड कोष कोशिका जागृत गर्न प्रेरणा प्रदान गरून् ।
हामी दीप कसरी बन्न सक्छौ ?
हरेक कार्यको कोहीकर्ता हुने गर्दछ । कर्मअनुसारको फल सर्वमान्य सिद्धान्त हो । परिवार व्यवस्थापन गर्न घरमुली, राष्ट्र व्यवस्थापन गर्न राष्ट्र प्रमुखको जिम्मेवारी रहन्छ । जसको जिम्मेवारी तथा संचित शक्ति अनुसार कर्तव्य, दायित्व तथा अधिकारको प्रयोग हुने गर्दछ । त्यसैअनुरूप प्रकृति पनि निर्धारित मौसम ऋतु अनुसार सञ्चालित हुन्छ सूर्य चन्द्र उडाउने अस्ताउने गर्दछन् ।
जसरी प्रकृति निरन्तर विविपूर्वक चलेको छ । त्यसैगरी सर्वश्रेष्ठ प्राणी मनुष्य चल्नसके दुःख शब्द प्रयोग हुने थिएन । मनुष्य प्राकृतिक जीवनशैली त्याग गर्दै अप्राकृतिकतिर अप्रासंगिक दौडमा लाग्दा अनावश्यक शक्ति क्षय भएको छ । सदाबहार दीपझैँ प्रज्वलित भई रहन ईश्वर उपासना महत्वपूर्ण कार्य हो । जसरी नदीहरू सागरमा नपुग्दासम्म अनवरत बगिरहन्छन् सन्तुष्ट हुँदैनन्, त्यसैगरी मनुष्य सृष्टि सञ्चालक समीप नहुँदासम्म बेचैन नजानिदो तरिकाले भई रहन्छ ।
जब ईश्वर समीप मानव पुग्न सफल हुन्छ उससँग कुनै दुःख, कष्ट तथा अपुगताको महसुस गर्नु पर्दैन । आनन्द स्वरूप ईश्वरप्रति भावपूर्ण समर्पण नै उपासना अथवा उनै ईश्वर समीप रहनु हो, त्याग, समर्पण, धैर्यतालाई व्यवहारिक बनाऔं दीप बनौं ।