- Advertisement -spot_img
Monday, December 6, 2021
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

२०७८ असोज १९ गते मंगलबार
आश्विन कृष्णपक्ष चतुर्दशी श्राद्ध उत्तराफाल्गुनी नक्षत्र
नेपालमा सूर्योदय ५ः५९ सूर्यास्त ५ः४४

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
व्यावसायमा सफलता रहनेछ । आफन्तसँग विवाद रहनेछ । कार्यमा बढी खटिनुपर्नेछ । तपाईको काम बिगार्नेहरुबाट सावधान रहनुहोला ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
अग्रज व्यक्तिको विशेष सहयोग प्राप्त रहनेछ । शैक्षिक क्षेत्रमा सफलता रहनेछ । आफ्नो योजनालाई गोप्य राखेर अगाडि बढ्दा सफलता रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
परिवारमा सहयोग लिदा काम बन्नेछ । बोल्दा विचार गर्नुहोला । मनमा केही चिन्ता र भए । सामाजिक कार्यबाट लाभ । स्वास्थ्यमा हल्का समस्या ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
सन्चित रकम खर्च रहनेछ । कार्यमा बाधा व्यवधान आउनेछ । सहयोगीबाट धोका रहनेछ । योजना अनुसार अगाडि नबढदा समस्या रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अवसरहरु प्राप्त मात्रामा आउनेछन । सोच विचार गरी अगाडि बढ्नु राम्रो रहला । सन्चित रकम खर्च गर्नुपर्नेछ । केही कार्यमा ढिलाई हुनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आत्मविश्वासमा बृद्धि रहनेछ । नवीन कार्यको समय रहनेछ । समय अनुसार कामहरु अगाडि बढ्ने छ । आफन्तसँग भेटघाट रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
खर्चमा बृद्धि भए पनि पछि फाइदा कार्यमा लगानी लगाउन सकिनेछ । समस्यासँगै चुनौतिहरु पन्छयाउदै अगाडि बढ्नु । दैनिक काम ठिकै छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आयआर्जनमा सफलता रहनेछ । नवीन ज्ञान आर्जन गर्ने समय रहेको छ । आर्थिक खर्च हुनेछ । घर बाहिरको काममा व्यस्त रहने समय छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अवसरलाई बुझेर अगाडि बढ्नु होला । तपाईबाट सहयोग लिने धेरै रहनेछन । आन्तरिक कुरा गोप्य राख्नु होला । व्यवसायमा ठिकै रहला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
सामाजिक कार्यमा बढी समय दिनुपर्नेछ । रोकिएका कार्यहरु बन्दै जानेछन । व्यापार, व्यवसायमा सफलता रहनेछ । तपाईको धेरैले प्रशंसा गर्नेछन ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
खानपिनमा विशेष ख्याल गर्नुहोला । समय परिस्थिति अनुसार अगाडि बढ्नु होला । आर्थिक खर्चमा बृद्धि रहनेछ । अरुको काममा समय बढि दिनुपर्नेछ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
पारिवारीक साथ र सहयोगबाट कामहरु बन्नेछन । प्रेमिप्रेमिका तथा आफन्तको साथ सहयोग रहनेछ । दाम्पत्य जीवन सफल सहज रहनेछ ।

 

वास्तु ज्ञान

जलस्रोतको लागि प्रमुख स्थान ईशान र पश्चिम दिशालाई मानिन्छ ।

जलस्रोतका लागि प्रमुख स्थान ईशान र पश्चिम दिशालाई मानिन्छ । घरमा प्रयोग भएको जल पश्चिम, वायव्यकोणबाट निकास गर्न सकिन्छ । आकाशे पानीको निकास भने पूर्व,ईशान, उत्तर वा वायव्यबाट गर्नुपर्दछ । खर, काठ स्तरको छानो भएको घरको निकास पनि यथाशक्य उत्तर, वायव्य र पश्चिम दिशा शुभ रहन्छ, अन्य अशुभ हुन्छ ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here