- Advertisement -spot_img
Sunday, December 5, 2021
Homeमुख्य खबरप्रजिअलाई जिल्ला नछोड्न गृहको निर्देशन

प्रजिअलाई जिल्ला नछोड्न गृहको निर्देशन

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १९ असोज । गृह मन्त्रालयले दशैँलगायत चाडपर्वको अवधिभर जिल्ला नछाड्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई पनि जिल्ला नछोड्न निर्देशन दिइएको छ ।

चाडपर्व आउँदै गर्दा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरू अत्यावश्यक काम र गृहको अनुमतिबिना जिल्ला छाड्न नपाउने भएका छन् । चाडपर्वमा स्थानीय प्रशासन र सुरक्षा निकाय झन चनाखो हुनुपर्ने भएकाले घर बिदामा नजान भनिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले जानकारी दिए ।

दशैँमा सरकारी कार्यालय बन्द रहने भएपनि प्रशासन र सुरक्षा निकायका कार्यालय भने खुला नै रहने भएका कारण सुरक्षा संयन्त्रलाई ध्यानमा राखी जिल्ला छोड्न नपाउने निर्देशन जारी गरिएको उल्लेख छ । सो समयमा सर्वसाधारणकोे ठाडो निवेदन दर्ता गर्न र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here