Wednesday, March 27, 2024
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

२०७८/०६/१८ गते सोमबार
आश्विन कृष्णपक्ष त्रयोदशी श्राद्ध तिथी
पूर्वाफाल्गुणी नक्षत्र
नेपालमा सूर्योदय ५ः५८ सूर्यास्त ५ः४५

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
नविन कार्यलाई अगाडि बढाउन समस्या रहनेछ । व्यापार, व्यवसायमा मध्यम रहनेछ । नयाँ कार्यलाई समयमा सम्पादन गर्न अप्ठेरो हुनेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
कार्यमा अगाडि बढ्न आत्मविश्वास नहुँदा समस्या छ । आफ्नोभन्दा अन्य व्यक्तिको लागि बढी समय दिनुपर्ने छ । समय प्रतिकूलता रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको मेहनतबाट दैनिक कार्यमा प्रगति हुनेछ । केही अवसर तथा फाइदाका लागि समयलाई व्यवस्थान मिलाउनु होला । घरायसी सामग्री जोड्नु पर्ला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आफन्त तथा सहयोगीको विचार मध्यनजर गर्नुहोला । तपाईको प्रयासबाट थुपै्र कामहरू बन्नेछन् । अरूको समस्यालाई बुझ्ने प्रयास गर्नुहोला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
मौकाको फाइदा लिने प्रयास गर्नुहोला । स्वास्थ्यमा विशेष ख्याल गरेर अगाडि बढ्नुहोला । भेटघाटमय समय छ । आशा दिनेहरूबाट समस्या रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
खर्चमा बृद्धि रहनेछ । आर्थिक समस्या आउनेछ । लगानी धेरै फाइदा कमै रहला । अवसरका लागि दौडधुप हुनेछ । आफन्तमा केही असमझदारी बढ्नेछ ।

तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
नयाँ जिम्मेवारी लिनुपर्ने देखिन्छ । आयआर्जनमा ठिकै रहला । प्रयासबाट धेरै कामहरू बन्नेछन् । विगतमा रोकिएमा काहरू सफल हुनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
तपाईको कार्यलाई धरैले तारिफ गर्नेछन् । व्यापारमा ठिकै रहला । पैतृक सम्पत्तिको प्रयोगबाट सफलता रहला । मेहनतबाट सफलता छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
जिम्मेवारी बढ्ने समय छ । समयले तपाई केही अप्ठेरोमा पार्न सक्नेछ । स्वास्थ्यमा केही बाधा रहनेछ । सहयोग गर्छु भन्नेहरूबाट धोका रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
घरायसी कार्यमा बढी समय दिनुपर्नेछ । बिगतमा रोकिएका कामहरू प्रयास गरेमा सफल हुने देखिन्छ । नसोचेको कार्यमा सफलता आउला ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
सुख दुःखमा साथ दिनेहरू प्रशस्त भेटिने छन् । विभिन्न साथ र सहयोग मिल्नेछ । यात्राको अवसर जुट्ने छ । घर परिवारमा नयाँ भावना पलाउनेछ ।

मीन (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
स्रोत साधन जुट्नाले कार्यमा सहजता आउनेछ । कार्यमा ढिलाइ हुनेछ । मेहनतबाट कार्यमा सफलता रहनेछ । आफ्नो प्रतिष्ठा जोगाउने समय छ ।

वास्तु ज्ञान
घरको ईशान दिशा अग्लो हुनु राम्रो मानिदैन ।
पूर्व र उत्तरको बीचलाई ईशानकोण भनिन्छ । अन्य दिशाको तुलनामा यो दिशा पवित्र मानिन्छ । ईशानकोण सफा सुग्घर राख्नु पर्दछ । यो दिशा अग्लो भएमा कार्यमा असफलता मात्र प्राप्त हुन्छ । व्यापार घाटा, धन नास हुन्छ । सन्तान स्वास्थ्य समस्या रहनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here