- Advertisement -spot_img
Monday, December 6, 2021
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

२०७८ असोज १५ गते शुक्रबार
आश्विन कृष्णपक्ष दशमी श्राद्ध तिथि तिष्य नक्षत्र
नेपालमा सूर्योदय ५ः५७ सूर्यास्त ५ः४८

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफ्नो कुराहरु गोप्य राखेर अगाडि बढ्नु होला । घरका काममा धेरै समय दिनुपर्ने देखिन्छ । मनमा चञ्चलता आउनेछ । बोल्दा विचार गरेर बोल्नु ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
नवीन कार्यको सोच विचार आउने छ । तपाईको परिश्रमको मूल्य उठनेछ । रोकिएका कार्यहरु सम्पादन हुनेछन । घरपरिवारको समस्या हल हुनेछन ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको प्रयासबाट कार्य सम्पादन हुनेछ । व्यापार, व्यवसाय गरेकालाई सफलता रहनेछ । आर्थिक क्षेत्रमा ठिकै रहनेछ । शैक्षिक क्षेत्रमा सफलता छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आत्मविश्वासमा वृद्धि रहनेछ । प्रेमिप्रेमिका वा दाम्पत्य जीवन सरल र सहज रहनेछ । भोगविलास तथा मनोरञ्जन क्षेत्रमा खर्च गर्नुपर्ने देखिन्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
धैर्यताबाट कार्यमा सफलता रहनेछ । अनावश्यक यात्रा हुन सक्नेछ । घर बाहिरको कार्यबाट लाभ रहनेछ । आर्थिक लगानी गर्नुपर्ने देखिन्छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईले सोचेभन्दा कमै प्रतिफल रहनेछ । अवसरहरु थुपै्र आउने छ । कार्यमा केही ढिलाईको महशुस हुनेछ । समयले निस्क्रिय बनाउन सक्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
परिश्रमबाट सफलता सफलता प्राप्त रहनेछ । मन परेको क्षेत्रमा लगानी बढ्नेछ । आत्मविश्वासमा वृद्धि रहनेछ । अग्रजको साथ र सहयोग छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
समस्याहरु समाधान हुँदै जानेछन । आर्थिक लाभ रहने देखिन्छ । नसोचेको व्यक्तिसँग भेट रहनेछ । नयाँ कार्यलाई कार्यान्वयन गर्न समस्या आउनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आर्थिक क्षेत्रमा केही विवाद रहनेछ । घरेलु कार्यमा बढी समय दिनुपर्ला । सानो कार्यमा बढी अलमल हुनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
यात्रा युक्त समय रहेको छ । पुरानो कार्यबाट समस्या रहला । धैर्यता र लगनशीलताबाट सफलता रहनेछ । हतार गर्दा काममा बाधा रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
समस्यालाई हल गदै अगाडि बढ्नु होला । व्यापार, व्यवसाय गरेका व्यक्तिलाई फाइदा रहनेछ । घरपरिवारको साथ र सहयोग मिल्नेछ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
शैक्षिक जगतमा सफलता रहने छ । समयले उत्साह दिनेछ । व्यापार, व्यवसाय गरेको व्यक्तिबाट सफलता रहनेछ । घराँयसि कार्यबाट सफलता छ ।

वास्तु ज्ञान

जलभण्डार उत्तर पूर्व या उत्तर भागमा राख्नु राम्रो मानिन्छ ।

भवन एवं भूमिमा आवास निर्माण गर्नु अगाडि जलको समुचित व्यवस्था गर्नुपर्छ जसबाट निर्माण कार्यको गति व्यवस्थित रहन सकोस ।भवन निर्माण तथा प्राणीको आवास जलपरक हुनाको कारण यसको महत्वपूर्ण भूमिका छ । जहाँ दक्षिण भागमा अग्नि छ,त्यहाँ ठिक यसको बायाँतिर अर्थात उत्तर पूर्व या उत्तर भागमा पानीको संसाधन तयार गर्नुपर्छ ।

 

 

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here