- Advertisement -spot_img
Monday, December 6, 2021
Homeमनोरञ्जनपर्यटन दिवसमा कार्यक्रम

पर्यटन दिवसमा कार्यक्रम

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १३ असोज । दाङको तुलसीपुरमा विश्व पर्यटन दिवस कार्यक्रम सम्पन्न गरिएको छ । ‘आन्तरिक पर्यटन पुनरूत्थान गरौं, घुम्न जाऊँ तुलसीपुर अभियान सफल पारौं’ भन्ने नारासहित तुलसीपुरमा ४२औं विश्व पर्यटन दिवस कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका सहभागीले तुलसीपुर क्षेत्रका पर्यापर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासबिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन् । कोरोना महामारीले थला परेको पर्यटकीय क्षेत्र विस्तारै पुरानै लयमा फर्किदै गर्दा ऐतिहासिक मठमन्दिरको संरक्षण र पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि सबै जुट्नुपर्ने बेला भएको सहभागीले जोड दिएका थिए ।

तुलसीपुर उपमहानगरपालिका आर्थिक विकास समिति संयोजक माधव वलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । उक्त अवसरमा तुलसीपुर उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज गौतम, तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष नवराज लामीछाने, १४ का वडा अध्यक्ष पर्शुनारायण चौधरी, अपाङ्ग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कँडेल,

राप्ती साहित्य प्रतिष्ठानका सल्लाहकार खुमानन्द अधिकारी, तुलसीपुर उपमहानगर–पालिका न्यायिक समितिका सदस्य यमुना परियार, महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, बटोलपुर थारू होमस्टेका महेन्द्र चौधरी, भैरव नरसिंह गुफा होमस्टेका अध्यक्ष लालबहादुर पुनमगर, कुम्भकुमारी अधिकारी, धनिराम भण्डारीलगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण पर्यटन शाखा प्रमुख यशोधा कुमारी वलीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here