- Advertisement -spot_img
Monday, December 6, 2021
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

२०७८/०६/१३ गते बुधबार
आश्विन कृष्णपक्ष अष्टमी श्राद्ध तिथी
आद्धा नक्षत्र
नेपालमा सूर्योदय ५ः५६ सूर्यास्त ५ः५१

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
घरायसी कार्यमा बढी समय दिनुपर्ने छ । उद्योग तथा व्यापारमा लाभ रहनेछ । बचत धन खर्च गर्नुपर्नेछ । नियमित कार्यमा ठिकै रहला ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
अध्ययन क्षेत्रमा सफलता रहनेछ । पहिलेका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त रहनेछ । बोलीको प्रभाव बढ्नेछ । धन आर्जनका स्रोत बढने छन् ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
पहिलाको कार्यबाट सफलता रहनेछ । रमाईलो जमघटमा स्वादिष्ट भोजनको योग रहनेछ । पहिलेका कमिकमजोरीलाई सुधार गर्ने समय छ । मन प्रशन्न छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
कार्यमा चुनौति रहेता पनि आत्मविश्वास लिएर अगाडि बढ्नुहोला । राम्रो आम्दानी हुने कार्यमा लाग्न सकिनेछ । यात्राको तय हुन सक्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
परिश्रमअनुसार फल प्राप्त नहुन सक्नेछ । सोचेभन्दा कम आम्दानी बढी खर्चयुक्त समय रहनेछ । अवसर प्रशस्तै आउनेछन् तर लाभ लिन नसकिएला ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आशा देखाउने र सहयोगीबाट धोका रहला । जग्गा, जमिन क्षेत्रमा सामान्य लाभ हुनेछ । आर्थिक लाभ नहुने काममा जिम्मेवारी रहनेछ ।

तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
प्रतिष्ठा कमाउने समय रहेको देखिन्छ । सामाजिक सेवाभाव रहनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नविन कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
काममा केही समस्या रहेता पनि मेहनतबाट सफलता रहनेछ । सहयोगीको साथबाट कार्यमा सफलता रहनेछ । आन्तरिक कुरा खुलासा हुनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अवसर प्राप्ति हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा साथीहरूको सहयोगले कामहरू बन्नेछ । राम्रो पहिरन लगाउने कुरामा ध्यान जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
अनावश्यक आरोप लाग्न सक्नेछ । अनावश्यक खर्चको समय रहनेछ । वैदेशिक काममा मन जानेछ । भौतिक साधन स्रोत जम्मा गर्ने बेला छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
मान प्रतिष्ठा कमाउने समय रहेको देखिन्छ । दिन उत्साहपूर्ण रहनेछ । राम्रो समाचार सुन्न पाईएला । कृषि, पशुपालन क्षेत्रमा लाभ रहनेछ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
घरमा बसेर पनि धेरै कार्यहरू सम्पादन हुनेछन् । आफन्तसँग भेटघाट छ । आफ्नो मेहनतबाट अरूलाई फाइदा हनेछ । साझेदारीमा समस्या आउनेछ ।

वास्तु ज्ञान
अध्ययन अध्यापन गर्ने ठाउँ घरको पूर्व ईशान, उत्तर, वायव्य र पश्चिममा बनाउन सकिन्छ ।
अध्ययन अध्यापनको लागि घरको पूर्व ईशान, उत्तर, वायव्य र पश्चिममा बनाउन सकिन्छ । विद्यालय, महाविद्यालयीय अथवा स्वाध्ययनका लागि पनि उपयुक्त दिशामा बनाउनुपर्दछ । अध्ययन गर्दा पूर्व वा उत्तरमुख गरेर बस्नुपर्दछ । त्यस्तै विद्यार्थीले पूर्व वा पश्चिम सिरानी गर्नुपर्दछ ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here