- Advertisement -spot_img
Monday, October 18, 2021
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

२०७८ असोज १२ गते मंगलबार
आश्विन कृष्णपक्ष सप्तमी तिथि मृगशिरा नक्षत्र
नेपालमा सूर्योदय ५ः५५ सूर्यास्त ५ः५२

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
उद्योग तथा व्यापारमा लाभ रहनेछ । बचत धन खर्च गर्नुपर्नेछ । प्रमिप्रेमिका तथा दाम्पत्य जीवनमा असझदारी बढ्नेछ । कार्यमा चुनौति छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
वौद्धिकताले अवसर मिलाउने छ । धन आर्जनका स्रोत बढ्ने छन् । अध्ययन क्षेत्रमा सफलता रहनेछ । बोलिको प्रभाव छ । अरुलाई प्रभाव पार्न सकिन्छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
पहिलाको कार्यबाट सफलता रहनेछ । नवीन कार्यको थालनी हुनेछ । आर्थिक लाभयुक्त समय रहनेछ । रमाईलो जमघटमा स्वादिष्ट भोजनको योग रहनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
कार्यमा चुनौति रहेता पनि आत्मविश्वास लिएर अगाडि बढ्नु होला । राम्रो आम्दानी हुने कार्यमा लाग्न सकिनेछ । यात्राको तय हुन सक्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अवसर प्रशस्त्रै आउनेछन तर लाभ लिन नसकिएला । प्रयासबाट नै कार्यमा सफलता रहनेछ । सोचेभन्दा कम आम्दानी बढी खर्चयुक्त समय रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
काम अनुसारको प्रतिफल मिल्न अप्ठेरो हुनेछ । आशा देखाउने र सहयोगीबाट धोका रहला । जग्गा, जमिन क्षेत्रमा सामान्य लाभ हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
प्रतिष्ठा कमाउने समय रहेको देखिन्छ । सामाजिक सेवाभाव रहनेछ । रोकिएका काम सम्पादन हुनेछन । नवीन कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
काममा केही समस्या रहेता पनि मेहेनतबाट सफलता रहनेछ । सहयोगीको साथबाट कार्यमा सफलता रहनेछ । आन्तरिक कुरा खुलासा हुनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अवसर प्राप्ती हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा साथीहरुको सहयोगले कामहरु बन्नेछ । राम्रो पहिरन लगाउने कुरामा ध्यान जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफ्नो कार्यमा अरुले अधिकार लिने प्रयास गर्ने छन् । अनावश्यक आरोप लाग्न सक्नेछ । अनावश्यक खर्च रहनेछ । वैदेशिक काममा मन जानेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
मानप्रतिष्ठा कमाउने समय रहेको देखिन्छ । दिन उत्साहपूर्ण रहनेछ । राम्रो समाचार सुन्न पाईएला । कृषि, पशुपालन क्षेत्रमा लाभ रहनेछ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
टाढिएका आफन्तहरु न्जिक आउने छन् । घरमा बसेर पनि धेरै कार्यहरु सम्पादन हुने छन् । रोकिएको काम बन्ने योग । दैनिक कार्य ठिकै छ ।

 

वास्तु ज्ञान

भान्साको ढोका सकेसम्म खुला हुनुपर्छ ।

भान्सको ढोका सकेसम्म खुला हुनुपर्छ । यदि भान्साको ढोका कुनै उपकरण या सज्जाको समानका साथ खुल्छ भने यहाँ एक क्रिस्टल झन्डयाउनुपर्छ । यसले ढोकाबाट उत्पन्न कुनै पनि असन्तुलनलाई सन्तुलित गरिदिन्छ ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here