- Advertisement -spot_img
Tuesday, October 12, 2021
Homebreaking-newsकांग्रेस कसरी एक बन्ला ?

कांग्रेस कसरी एक बन्ला ?

- Advertisement -spot_img

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दाङमा पालिकाको अधिवेशन सकिएको छ । पालिकामा नयाँ नेतृत्व आएको छ । गुटगत प्रतिपस्र्धा भएको पालिका नेतृत्वमा आएको नयाँ टिमले कांग्रेसभित्रको गुटलाई कसरी अन्त्य गर्नसक्छ ? पार्टी गतिशील बनाउन कस्ता योजना ल्याएका छन् ? नयाँ नेतृत्वले पार्टीलाई बलियो बनाउने गरी विधि, पद्धतिअनुसार सञ्चालन गर्ने रणनीति के–के अघि सारेका छन् भन्ने विषयमा रहेर जिल्लाका केही पालिका सभापतिहरूलाई प्रदेश टुडेको टुडे राउण्ड टेबलमा ल्याएका छौं ।


जीतसागर जि.एम.


नेतृत्व आएको हो, हारजित होइन

थुपै्र विश्वासका साथ जिम्मेवारी दिएर पार्टीको तुलसीपुर नगर समितिको सभापति पदमा पठाउनुभएको छ । निर्वाचनमार्फत म सभापति पदमा आएपनि यसमा पराजित हुनुहुने साथीहरूको पनि भावना बुझेर अघि बढ्नेछु । नेतृत्वमा आउन लोकतान्त्रिक विधि पद्धति अपनाउँदा दुई प्यानल भएपनि यो परिवारभित्रको नेतृत्व छनौट गर्ने तरिकामात्रै हो ।

यसमा मेरो जित उहाँहरूको हार भन्ने नै हुँदैन् । पार्टीलाई बलियो बनाएर लैजाने कुरामा प्रमुख जिम्मेवारी ममा भएपनि सबैको साथ र सहयोगले मात्रै पार्टीलाई बलियो बनाउन सक्छौँ । यसमा कसैले तिक्तता पाल्नुपर्ने देख्दिन । मैले अनिलजी उहाँहरूको विचारलाई सम्मान गरी अघि बढ्ने छु । सबैको विचारलाई सम्मान गर्न सकेपछि मात्रै पार्टी बलियो हुन्छ भन्ने मैले बुझेको छु ।

ठूलो पार्टी हो नेपाली कांग्रेस । सबैका विचार राख्दा केही समस्या अवश्य हुन्छ तर त्यसलाई मिलाएर लैजाने नेतृत्वको दायित्व हुन आउँछ । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा कांग्रेसलाई बलियो बनाउनका लागि ति सानातिना समस्यालाई मिलाएर, सबैको विचारलाई सम्मान हुने गरी म अघि बढ्छु ।

पार्टीलाई सक्रिय र फराकिलो बनाउनका लागि संगठन विस्तार, कार्यकर्ता प्रशिक्षणलगायतका कामलाई प्राथमिकतामा राख्नेछु । चुनावको नजिकमा मात्रै पार्टीका नेताहरू सक्रिय हुन्छन् भन्ने आरोप लाग्छ, तर मैले सकेसम्म आमनागरिकको समस्यालाई नजिकबाट समाधान गर्नमा कुनै किसिमको कमजोरी हुने छैन् ।

कांग्रेसभित्र हामी अटाउँछौँ, हामी सुरक्षित छौँ भन्ने किसिमको वातावरण निर्माण गछौँ । केही बाधा तथा अप्ठेराहरू आउँछन्, तर ति समस्यालाई सहजरूपमा समाधान गर्नसक्नु नै नेतृत्वको क्षमतामा भरपर्ने कुरा हुन् । लाखौँ मानिस अट्ने अटाउने गरी पार्टीलाई प्रमुख पार्टी बनाउनमा कुनै किसिमको कसुर बाँकी राख्ने छैन् ।

आफूभन्दा अग्रज नेतृत्वको सल्लाह र सुझावका आधारमा म अघि बढ्नेछु । मेरा केही कमी कमजोरी हुन सक्छन्, ति कमजोरीलाई मलाई बेला–बेलामा औँल्याउने व्यक्तिको खाँचो पर्छ नै । सकारात्मक आलोचनाको सधैँ खाँचो पर्छ । त्यसैले पनि मलाई समय–समयमा सल्लाह र सुझाव दिनुहुने छ भन्ने विश्वास संगालेको छु । पार्टी आगामी दिनमा थप सशक्त बनाउने अभियानमै छु ।

कांग्रेसको साँखलाई जोगाउन मेरा कदमहरू निशंकोच अघि बढ्ने छन् भन्ने कुरामा म यहाँलाई विश्वास दिलाउन चाहन्छु । युवा वर्गको भावनालाई पनि उच्च सम्मान गरी अघि बढ्ने प्रतिवद्धता गरेको छु । युवाहरूको साथ र सहयोग बिना अघि बढ्न सम्भव छैन्, त्यसैले पनि युवालाई कांग्रेसभित्र सुरक्षित हुन्छ भन्ने धारणाको विकास गराउन उनीहरूलाई समेट्ने मेरो संकल्प छ । आगामी दिनमा कांग्रेस अहिलेको गतिभन्दा अझै फरक र तिब्ररूपमा अघि बढ्ने छ भन्नेमा म ढुक्क छु ।


कसैले हारेको महसुस हुँदैन

असोज ९ गतेसम्म हामी चुनावमा फरक भएर आएपनि अब हामी एकै हौँ । घोराही उपमहानगरपालिकामा हामी मतदान प्रक्रियामार्फत हामी नेतृत्वमा आएको सिस्टम मात्रै हो । परिवारभित्रको प्रतिस्पर्धालाई जित र हारको रूपमा लिन हुँदैन् । हामीले पार्टीलाई बलियो बनाउनका लागि पनि एकसाथ लैजान्छौँ । घोराहीमा नयाँ नेतृत्व आउनका लागि सर्वसम्मत प्रक्रियाले नपुग्दा हामी लोकतान्त्रिक विधि र पद्धतिअनुसार चुनावी मैदानमा आएका हौँ ।

मतदानमा आउँदा खेरी केही ठाउँमा गुट–उपगुटको उपमा दिइयो तर बाहिर जे जस्तो आयो, त्यो सत्य छैन् । कुरा यतिमात्रै हो, निरजजी पनि नेतृत्वमा आउन चाहनुभयो, म पनि नेतृत्वमा आउन चाहेँ । त्यसको विकल्प अरू थिएन्, चुनावी प्रक्रियाबाट मात्रै नगरको सभापतिमा आउने सम्भव हुने भएपछि मतदान प्रक्रियामार्फत हामीहरू गएका हौँ ।

लोकतान्त्रिक विधि र पद्धतिमा जाँदा निरज गिरीको प्यानल र हाम्रो प्यानल चुनावी मैदानमा होमियौँ । यसमा मैले जितेर ठूलो सफलता प्राप्त गरेको होइन् । मैले जित्नु नै निरजजीले पनि जित्नुभएको छ । निरजजीसँग हामी हाम्रो हरेक कार्यगत एकता रहन्छ । नेतृत्वमा निश्चित उमेरका युवा आउनुपर्छ, आउनुपथ्र्यो, हामीहरू दुईजनामध्ये एकजना आएका छौँ । यसलाई कुनै गुटको जित, कुनै गुटको हार भन्न मिल्दैन् । मलाई लाग्छ, चुनावी मत परिणामाले आत्मीयतामा ह्रास आउने आउने छैन् ।

लोकतान्त्रिक विधि र प्रक्रियामार्फत निर्वाचनमा जानु नै पर्छ । नेतृत्व छनौटका लागि मतदानको विकल्प नएपछि न हामी प्रतिस्पर्धामा गएका हौँ । चुनावी मैदानमा जाँदा बाहिर विश्लेषण रहने कुरा एउटा हो तर पार्टीभित्र त्यस्तो किसिमको समस्या आउने छैन् । निरजजी र म सँगसँगै मिलेर घोराही उपमहानगरपालिकामा कांग्रेसलाई थप सशक्त बनाउने छौँ । मैले यति भन्दै गर्दा पार्टी आजको आजै चलायमान हुने भन्ने कुरा त भएन् । तर संगठन बलियो बनाएर लैजाने र पार्टीलाई थप बलियो बनाउने नीतिअनुरूप नै हामी अघि बढ्ने छौँ, बढिरहेका छौँ ।

पार्टीलाई प्रदेश, क्षेत्र र जिल्लामा थप बलियो बनाउनका लागि केही प्याकेज बनाएका छौँ, नतिजाको रूपमा दिएपछि मात्रै हामीले भन्ने हो । अहिले बजार, सामाजिक सञ्जालमा जे जस्तो देखिए पनि हामीले पार्टीलाई बलियो बनाएरै छोड्छौँ । हामीले व्यक्ति प्रदानभन्दा पनि पार्टीको हितमा रहेर काम गर्ने हो । विधि र पद्धतिभित्र रहेर कांगे्रसलाई उर्जा थप्ने काम हामी दुवैको तर्फबाट हुन्छ । हामी पार्टीलाई बलियो बनाउने सवालमा निरन्तर रूपमा काम गरिरहने छौँ । लगत्तै दशैँ, तिहारजस्ता ठूला चाडपर्व आइसकेकाले पनि तत्काल संगठन विस्तारलाई अघि बढाउने नसकिने भएको छ ।

तर दशैँ, तिहार लगत्तै संगठन विस्तार गरी पार्टीलाई थप सशक्त बनाउन निरन्तर लागिरहेका छौँ । अबिर र खादाको उच्च सम्मान गर्दै म इमान्दारीका साथ काम गर्ने छु भन्ने म यहाँकै मिडियामार्फत भन्न चाहन्छु । गुट–उपगुट भनेर विभिन्न किसिमका खबरहरू आइरहेको हुँदा त्यस्ता किसिमका समाचारमा भ्रममा नपर्न पनि अनुरोध गर्दछु । नेपाली कांग्रेस घोराही नगरमा कुनै गुट–उपगुट नभएर समग्र नेपाली कांगे्रस छ भन्नेमा स्पष्ट पार्न चाहन्छौँ ।


पार्टीलाई साझा बनाउँछु

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पालिकास्तरमा नेतृत्व आउने क्रममा म पनि शान्तिनगर गाउँपालिकाको सभापति पदमा सर्वसम्मत रूपमा आएको छु । सर्वप्रथम त मलाई नेतृत्वमा सर्वसम्मत रूपमा ल्याउनु हुने आदरणीय नेता तथा साथी–भाइहरूलाई विषेश धन्यवाद तथा आभार प्रकट गर्दछु ।

शान्तिनगरमा नयाँ नेतृत्व सर्वसम्मत रूपमा छनौट भएका कारण पनि यहाँ कुनै किसिमको गुट–उपगुट छैन् भन्ने प्रष्ट भएको छ । बाहिर जे सुकुै आएपनि, अरूले जे सुकै भनेपनि हामी परिवार एउटै हाँै भन्ने सोंचका साथ यहाँको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ ।

म गाउँपालिकाको सभापति पदमा आइसकेपछि मैले पार्टीका सबैको विचारलाई उच्च सम्मान गर्दै गाउँपालिका कार्यसमितिलाई साझा संस्थाको रूपमा अगाडी लैजाने छु । सबैलाई एउटै मालामा एउटै बाटोमा लैजानका लागि मेरो भूमिका अझ सशक्त बनाउने छु । शान्तिनगर गाउँपालिकामा कांग्रेसलाई सशक्त बनाउने छ । नेपाली कांग्रेसमा लाग्दा हामी सुरक्षित हुन्छौँ भन्ने किसिमको विकास गराउनका लागि गाउँपालिकाका कांग्रेसलाई चलायमान बनाउने प्रमुख जिम्मेवारी हो ।

कांग्रेसलाई व्यक्तिभन्दा विधिमा चलाएर आर्थिक, साँस्कृतिक, सामाजिक रूपले विकास गर्न तथा गराउनका लागि केहि चुनौति अवश्यक छन् तर मैले ति चुनौतिलाई चुनौतिको रूपमा नभई अवसरको रूपमा लिएर अघि बढ्ने छु ।
अहिलेको नयाँ नेतृत्वमा गाउँपालिकाका वडा नम्बर १ देखि ७ सम्ममा आउनुभएका लिडर साथीहरू निकै डायनामिक हुनुहुन्छ । उहाँको साथ र सहयोगबिना कांग्रेस शान्तिनगर गाउँपालिकामा बलियो बन्न सक्दैन् ।

वडा इकाई सभापतिदेखि क्रियाशील कार्यकर्ताको साथ र सहयोगले मात्रै गाउँपालिकामा मैले पार्टीलाई बलियो बनाउने छु । कांग्रेस ठूलो पाटी हो, यसभित्र केही पारिवारिक विवाद हुनु स्वभाविक हो तर त्यसलाई सहज ढंगले समाधान गरी अघि बढ्नुपर्ने प्रमुख आवश्यकता हो । पार्टीभित्रका नेता तथा कार्यकर्ताबीच दरार पैदा हुन नदिनका लागि मैले विषेश किसिमको रणनीति बनाएर अघि बढ्नेछु ।

पार्टीभित्र रहेका विकृति विसंगतिलाई अन्त्य गरी पार्टीलाई विशाल र बलियो बनाउन म निरन्तर रूपमा लागिरहने छु । पार्टीभित्रका विभन्न संघ, संगठनलाई विस्तार गरी सबैमाझ कांग्रेस पु¥याउनुछ । अझ विषेशगरी युवाहरू लक्षित विभिन्न योजनाहरू अघि सारेको छ । म कांगे्रसमा लाग्दा सुरक्षित हुन्छु भन्ने सन्देश सबैमा दिनुपर्ने छ । अझ विषेशतः युवालाई कांग्रेसमा आवद्ध गरी नयाँ र उर्जाशील कांग्रेस बनाउनका लागि मेरो भूमिका विषेश रहनेछ ।

अहिलेसम्म संगठन चलायमान हुन सकेको थिएन, यस्तो अवस्थामा अब गाउँपालिकालाई कांग्रेसमय बनाउनका लागि गाउँ–गाउँमा संगठन विस्तारको अभियान तिब्र गतिमा अघि बढाउनेछु । हिजोको कांग्रेस र भोलिको कांग्रेस फरक हुनेछ । पार्टीलाई बलियो बनाएर अघि बढाउनमा मैले कुनै किसिमको कसुर बाँकी राख्ने छैन् । समस्या देखिए पनि त्यसलाई समाधान गरी पार्टीलाई चलायमान बनाउनेछु ।


सक्षम र सबल पार्टी

नेपाली कांग्रेस दंगीशरण गाउँपालिकाको नेतृत्व गर्ने अवसर प्रदान गर्ने सम्पूर्ण नेता तथा कार्यकर्तालाई विषेश सम्झन्छु । लोकतान्त्रिक विधि र प्रकृयाबाट नै नेतृत्व छनौट भएको छ । यसमा मैले जिते भनेर पराजित हुनुहुनेप्रति मेरो कुनै किसिमको भेदभाव छैन् । म नेतृत्वमा आउनुमा सबैको माया र साथ छ । प्रतिपक्षसँगको मुकाविला नभएका कारण पनि मेरो जित भन्न मिल्दैन्, मेरो जित होइन् बरू म नेतृत्वमा आएको छु भन्नेमात्र हो ।

दंगीशरण गाउँपालिकामा कांग्रेसलाई थप सशक्त बनाउनका लागि मलगायत नयाँ सम्पूर्ण टिम एकतावद्ध ढंगले लाग्नेछौँ । पार्टीलाई बलियो बनाउनलाई केही चुनौति होलान तर म सकेसम्म सहजरूपमा चुनौतिलाई सामना गर्दै अघि बढ्ने छु । पार्टीमा देखिएका केही मतभेदलाई हामीले तल्लो तहमै समाधान गर्ने कोशिस हुनेछ । म गाउँपालिकाको मुल नेतृत्वमा आइसकेपछि सिंगो गाउँपालिकाभरी पार्टीलाई चलायमान बनाउने कुरा नै पहिलो प्राथमिकता हो  ।

पार्टीभित्र केही स–साना समस्या हुन्छन्, ति समस्यालाई समाधान गर्न सकेपछि पार्टी कमजोर कुनै पनि अवस्थामा हुने छैन् । देशकै इतिहासमा परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेसलाई थप सशक्त र जिम्मेवारीपूर्ण बनाउन म मात्र होइन्, सम्पूर्ण नेता तथा कार्यकर्ताको ठूलो साथ रहनेछ । म नेतृत्वका हिसावले बढी जिम्मेवार भएपनि मलाई सबैको साथ महत्वपूर्ण हुनेछ । पार्टी हिजोको ढंगले अब चल्दैन् भन्ने हामीले राम्रोसँग बुझेका छौँ ।

अहिलेको अवस्थामा पार्टीलाई बलियो बनाउन नयाँ रणनैतिक योजना आवश्यक छ । गाउँपालिकामा पार्टीलाई थप सशक्त र चलायमान बनाउनका सबै वडा इकाई सभापतिलगायत सम्पूर्ण कार्यकर्ताको भूमिका महत्वपूर्ण छ । प्राथमिकता भनेको पार्टीलाई विधि विधानगत ढंगले सञ्चालन गर्नुहो ।

आउँदो अधिवेशनसम्मका लागि पाटीभित्रको गुट–उपगुट अन्त्य गरी सक्षम र सबल पार्टी बनाउने योजना छ । लोकतान्त्रिक विधि र पद्धतिमा रहेको पार्टीलाई अझै ठूलो र बलियो बनाउने तरिका भनेको नै पार्टीभित्र एकले अर्कोको विचारलाई सम्मान गर्ने, राम्रा विचारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने नै हो । एकले अर्कोलाई सम्मान गर्ने किसिमको वातावरण निर्माण गर्न सकिएन भने पार्टी त्यहीनेर कमजोर हुने हो ।

त्यसैले यस्ता कुरालाई मध्यनजर गरी एकअर्काको सम्मान हुने, सबै अट्ने र अटाउने पार्टी बनाउनका लागि म निरन्तर लाग्ने छु । चुनावी अभियानका देखिएका मतभेद असोज ९ गतेदेखि नै अन्त्य भइसकेको छ । पार्टीलाई चलायमान बनाउनका लागि नेतृत्व चुन्ने प्रक्रियाले दुई प्यानल देखिएको जस्तो हो तर अब देखि हामी त्यस्तो छैनौँ ।

म उहाँहरूको विचारलाई उच्च सम्मानका साथ राखेर काम गर्नेछु । कोहि दबिएको, कोहि हेपिएको महशुस हुने छैन् । कांग्रेसलाई विशाल बनाउनका लागि मेरो नेतृत्वमा आएको पालिकास्तरिय समितिले गाउँपालिकाभित्र कांग्रेसका उपस्थितिलाई बलियो रूपमा प्रस्तुत गरिने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here