- Advertisement -spot_img
Thursday, October 14, 2021
Homeसमाजमेसुलाई दुव्र्यवहार प्रकरण तीनजना धरौटीमा रिहा

मेसुलाई दुव्र्यवहार प्रकरण तीनजना धरौटीमा रिहा

- Advertisement -spot_img

दाङ, १२ असोज । राप्ती प्रादेशिक अस्पतालका मेसुलाई मोसो दलेर दुव्र्यवहार काण्डमा पक्राउ परेकामध्ये तीनजना धरौटीमा छुटेका छन् भने एकजना कारागार चलान भएका छन् । एमाले निकठट विद्यार्थी संगठनका जिल्ला संयोजक सर्जन परिवारसहित तीनजना ५०/५० हजार धरौटीमा छुटेका छन् ।

भदौ ११ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा.बिनोद सिंहलाई कार्यकक्षमै मोसो दलेको अभियोगमा पक्राउ परेका दिलिप डाँगी पूर्वपक्षका लागि थुनामा गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए । त्यसैगरी मोसो प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अनेरास्वियुका जिल्ला संयोजक सर्जन परियार, गणेश खड्का र सह–सयोजक दिवस क्षेत्री भने जनही ५० हजार रूपैयाँ धरौटी बुझाएर रिहा भएको प्रहरी नायब उपरिक्षक रिजालले जानकारी दिए ।

बिरामीहरूको कल्चर जाँचका विषयमा नेकपा एमाले निकट विद्यार्थी संगठनका संयोजक सर्जन परियारको नेतृत्वमा गएका केही युवाहरूले मेसु सिंहलाई कार्यकक्षमै मोसो दलेको अस्पताल प्रशासनले बताउँदै आएको छ । पक्राउ परेपछि परियारको समूहले प्रहरी हिरासतमै भोक हड्ताल गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here