- Advertisement -spot_img
Wednesday, October 13, 2021
Homeफिचरसमूह सदस्यलाई अनुशिक्षण तालिम

समूह सदस्यलाई अनुशिक्षण तालिम

- Advertisement -spot_img

प्रदेश टुडे
देउखुरी, १२ असोज । राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले अनुशिक्षण कार्यक्रम सुरू गरेको छ । राप्ती गाउँपालिका क्षेत्रमा महिलाको क्षेत्रमा काम गर्ने गरी स्थापना भएका समूहका सदस्य तथा कार्यसमितिलाई समूह सञ्चालनदेखि लैङ्गिक हिंसा निवारण तथा सामाजिक व्यवहार परिवर्तनसम्बन्धी प्रशिक्षण दिइनेछ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको सहभागितामा उक्त अनुशिक्षण कार्यक्रम सुरू भएको हो । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सुवेदीले स्थानीयस्तरमा समूह तथा सहकारीमा आवद्ध भएर काम गर्न ईच्छुक सदस्य तथा पदाधिकारीहरूको क्षमता अभिबृद्धि गर्न तालिम फलदायी बन्ने बताए ।

अध्यक्ष नुमानन्द सुवेदीले समूहका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूको पारदर्शिता तथा अनुशासनले गर्दा मात्र समूह, सहकारी सफलताको मार्गमा बढ्ने बताएका छन् । अनुशिक्षण तालिममा समूह तथा सरकारीको बैठक बसी आफ्ना समस्या र समाधानका उपाय, सदस्यहरूलाई आफ्नो क्षमता अनुसार मासिक रूपमा नियमित बचत गर्ने, सो बचतको परिचालन गर्ने कार्य, कार्यालयबाट साथ सम्पर्क गरी सदस्यहरूलाई बैठक सञ्चालन गर्ने प्रक्रिया, बचत परिचालन लगायतका क्रियाकलाप के कसरी गर्ने भन्ने बारेमा जानकारी गराइएको थियो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवन कुमारी जिसी, तथा सहायक महिला निरिक्षक कल्पना खनालले सहजीकरण गरेको तालिममा समूह गठन, समिति गठन, समूह सदस्यको अनुशिक्षण, समूह, समितिको मासिक बैठक सञ्चालन, बचत परिचालन समूहको गतिशीलता अनुसार बीउपुँजी परिचालन, महिला–पुरूष समविकास तालिम, आधारभूत तालिम, साथ सम्पर्क, समूह विस्तार र समूह कार्यमा संयोजनलगायतका विषयमा जानकारी गरिनेछ ।
अनुशिक्षणमा संस्थागत विकासअन्तर्गत संस्था गठन र दर्ता, अवस्था विश्लेषण, रणनीतिपत्र तर्जुमा, रेखांकन भ्रमण, बीउपुँजी परिचालन, महिला संस्थामाझ चौमासिक अन्तरक्रिया, समीक्षा, सिकाइ, भवन निर्माण र रणनीतिक प्राथमिकताका क्रियाकलाप सञ्चाल गर्न सुझाव गरिनेछ ।

साथै व्यवसायिक समूह विकासअन्तर्गत व्यवसाय छनौट, सीप तथा व्यावसायिकता विकास तालिम, व्यवसाय स्थापना खर्च, अध्ययन, बहुउपयोगी अनुदान, बजार सम्बन्धन एवं मूल्य विक्री विकासका क्रियाकलाप सञ्चालन बारे जानकारी दिईने छ ।
तालिममा किशोरीको बहुआयामिक विकास लक्षित किशोरीलाई जीवनोपयोगी तालिम, किशोरी सूचना तथा परामर्श केन्द्र, महिला संस्थामार्फत अतिविपन्न किशोरीका लागि शैक्षिक तथा स्वास्थ्योपचार सहयोग, व्यावसायिक किशोरी समूह विकास, किशोरीलाई सीप तथा व्यावसायिकता विकास तालिम, व्यवसाय स्थापना खर्च अनुदान, स्थलगत प्राविधिक निरीक्षण, परामर्श तथा पुनर्अभ्यास, अन्तरसमूह रेखाङ्कन, किशोरी समूहका अध्यक्ष र सचिव समक्ष चौमासिक अन्तरक्रिया गर्न सुझाव गरिएको छ ।

लैङ्गिक हिंसा निवारण तथा सामाजिक व्यवहार परिवर्तन घरेलु हिंसाबाट प्रभावित महिलाका लागि सुरक्षित अल्पकालीन आश्रयसहित सेवा केन्द्र सञ्चालन, जिल्ला सेवा केन्द्र सामुदायिक सेवा केन्द्र, लैङ्गिक हिंसाविरूद्ध सचेतना कार्यक्रम कुरिति तथा प्रथा विरूद्ध सामाजिक जागरण, अभिभावक, शिक्षक शिक्षिकाहरू तथा सामुदायिक अगुवाहरूका लागि लैङ्गिक संवेदनशील तालिम, मुक्त कमलरीको सशक्तीकरण तथा घर विकास योजनाको अनुशरण गरिनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here