- Advertisement -spot_img
Sunday, October 17, 2021
Homeफिचरप्रतिवेदन लेखन तालिम

प्रतिवेदन लेखन तालिम

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, १२ असोज । सल्यानको त्रिवेणी गाउँपालिकामा प्रस्तावना तथा प्रतिवेदन लेखनसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । गाउँपालिकामा रहेका सामुदायिक संस्था र समूहका सदस्यहरूका लागि प्रस्तावना तथा प्रतिवेदन लेखनसम्बन्धी दुईदिने तालिम लुहाममा भएको हो ।

गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीको अध्यक्षतामा भएको तालिममा गाउँपालिका महिला समूह, आमा समूह, युवा क्लवका सदस्य तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष डाँगीले कुनै पनि क्लव र समूहहरूले कुनै काम गर्दा प्रकृया पु¥याएर लिखित रूपमा योजना माग गर्दा छिटो सम्बोधन हुने बताए । दलित विकास समाज सल्यानको सहकार्यमा सुशासनमा नागरिक सहभागिता कार्यक्रम–अन्तर्गत पालिकास्तरीय समूह तथा संस्थाका सदस्यहरूका लागि प्रस्तावना तथा प्रतिवेदन लेखन–सम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।

तालिमपश्चात् सामुदायिक संस्था तथा समूहका सदस्यहरूले कार्ययोजनासमेत निर्माण गरेका छन् । पालिकाबाट प्रवाह हुने सेवा सुविधाको विषयमा जानकारी राख्दै यस आर्थिक वर्षमा संस्था र समूहले गर्ने क्रियाकलापका बारेमा कार्ययोजना बनाएका हुन् । कार्यक्रममा सहभागीहरूले यस तालिमले संस्था र समूहहरूलाई क्रियाशील बनाउन केही न केही काम गर्नुपर्ने रहेछ भन्ने कुराको ज्ञान भएको साथै मौखिकभन्दा लिखित रूपमा योजना माग गर्दा सुनवाई हुने बताए । ३० जना सहभागी रहेको तालिमको सहजीकरण ईन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here