Friday, March 29, 2024
Homeसमाजजेष्ठ नागरिक समाजको जग्गा कृषि उत्पादनमा प्रयोग हुने 

जेष्ठ नागरिक समाजको जग्गा कृषि उत्पादनमा प्रयोग हुने 

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ११असोज । वृद्ध सेवा समिति जेष्ठ नागरिक समाज तुलसीपुरले आफ्नो जग्गा कृषिजन्य सामग्री उत्पादनका लागि दिने भएको छ । समाजको आइतबार तुलसीपुरमा बसेको बैठकले तुलसीपुर–१२ रझेनामा रहेको एक बिगाह एक कठ्ठा जग्गा कृषि प्रयोजनका लागि भाडामा उपलब्ध गराउने निर्णय गरेको हो ।

संस्थाले कृषिजन्य वस्तुको उत्पादन बढाउनका लागि आफूसँग भएको जग्गा भाडामा उपलब्ध गराउने भएको हो । कृषि उत्पादनका लागि सुलभ र सस्तोदरमा टरिगाउँमा रहेको जग्गा भाडामा उपलब्ध गराउने निर्णय गरेको संस्थाका अध्यक्ष खुमानन्द अधिकारीले जानकारी दिए ।

यस्तै बैठकले चाडपर्वलाई सभ्य र सुरक्षित तरिकाले मनाउन अपिल गरेको छ ।
कोरोना महामारी र भड्किलो बन्दै गएको चाडपर्वलाई आफैबाट सभ्य र सुसंस्कृतरूपमा मनाउने बैठकले निर्णय गरेको छ । यस्तै संस्थाले अक्टोबर १ तारिकमा अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ । संस्थाका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षतामा बैठक बसेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here