- Advertisement -spot_img
Thursday, October 14, 2021
Homeराजनीतिहमालको काँधमा तुलसीपुर काँग्रेस

हमालको काँधमा तुलसीपुर काँग्रेस

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ११ असोज । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा नयाँ नेतृत्व चयन भएको छ । तुलसीपुर नगर सभापतिमा यातायात व्यवसायी सुरेश हमाल निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा हमाल निर्वाचित हुँदै तुलसीपुर काँग्रेसको नेतृत्वमा पुगेका हुन् ।

सभापतिमा हमालले ३६८ मत प्राप्त गर्दा र प्रतिपस्र्धी अनिल कार्कीले २०८ मत प्राप्त गरेका छन् । सभापति पदमा १५ मत बदर भएको देखाएको छ । उपसभापतिमा हमाल टिमका बिनिल केसीले ३५९ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै उपसभापति पदमा कार्की टिमका गौरव सुवेदीले २८५ मत प्राप्त गरी विजयी भएका छन् । यो टिमबाट जित्ने उनी पदाधिकारीमा एक्ला उम्मेदवार हुन् । उपसभापतिमा हमाल टिमका पिमलाल डाँगीले २५३ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा अशोककुमार श्रेष्ठले १८९ मत प्राप्त गरेका छन् । सचिवमा बिमल पौडेलले ३२९ मत र सुशील वलीले २७५ मत प्राप्त गरी विजयी भएका छन् । सचिव पदका उम्मेदवारहरु भोजराज न्यौपानेको २१७ र परशुराम चौधरीले १७६ मत प्राप्त गरेका छ ।

सचिव पदकै स्वतन्त्र उम्मेदवार तिलकबहादुर बस्नेतको ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृतले जानकारी दिए । सहसचिव पदका उम्मेदवार शेषमणि भण्डारीले ३५१, झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवका उम्मेदवार अशोक भण्डारीले २१० र तिलसरा वलीले १७६ मत प्राप्त गरेका थिए ।

तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो । समूहगत रुपमा निर्वाचनमा गएका हमाल र कार्कीको प्यानलनै प्रतिस्पर्धामा गएको थियो । एकजना उपसभापतिबाहेक सबै पदमा हमाल टिमले विजय प्राप्त गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here