Sunday, April 14, 2024
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

२०७८ असोज १० गते आइतबार
आश्विन कृष्णपक्ष षष्ठी श्राद्ध तिथि कृतिका नक्षत्र
नेपालमा सूर्योदय ५ः५४ सूर्यास्त ५ः५४

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
विगतको कार्य सफलताले मनमा उत्साह जगाउँनेछ । थोरै मेहेनतले धेरै कार्य सफल रहनेछन । तपाईको कामबाट धेरैलाई फाइदा रहनेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
प्रयत्न गरेमा कार्य सफलता रहनेछ । नवीन कार्यको सुरुवात रहने छ । मानप्रतिष्ठामा वृद्धि रहनेछ । नोकरी व्यवसायमा सफलता रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
खर्च बढी हुनेछ तर पछि फाइदा हुने कार्यमा लगानी हुनेछ । समस्यालाई मध्यनजर गदै अगाडि बढ्नु होला । वैदेशिक क्षेत्रबाट लाभ लिन सकिन्छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
परिश्रम अनुसार कम प्रतिफल रहनेछ । छेनिक कार्यबाट सफलता रहनेछ । आम्दानी भए पनि खर्चमा बृद्धि रहनेछ । ल्याउनुपर्ने रकम प्राप्त रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अवसरहरु थुपै्र आउनेछन । नयाँ काममा लाग्नुभन्दा पहिले सोच विचार गरी अगाडि बढ्नु होला । विशेष कामलाई गोप्य राखेर अगाडि बढ्नु होला ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कर्मशील समय रहेको छ । सहयोगीहरुबााट राम्रो सफलता रहनेछ । नाम दाम र ईनाम कमाउने बेला छ । सानो प्रयास बाट धेरैलाई फाइदा हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
सहयोगीहरुको राम्रो साथ र सहयोग प्राप्त रहनेछ । नसोचेको आर्थिक लाभ रहनेछ । स्वास्थ्यमा बाधा छ । अल्छि गर्ने बानीले गर्दा समस्या आउनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
विभिन्न साथ र सहयोग मिल्नेछ । आयआर्जन सफलता रहनेछ । प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहनेछ । रमाईलो यात्राको अवसर प्राप्त रहनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
नराम्रो सोच्नेहरु प्रशस्त्र रहनेछन । सहयोग गर्नेहरुबाट धोका रहेको छ । सोचेको कार्यमा केही ढिलाई हुनेछ । अनावश्यश्यक खर्चको बृद्धि रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
नयाँ समाचार सुन्न पाईनेछ । नयाँ सीप सिक्ने बेला भएको छ । व्यापार व्यवसायमा सफलता रहनेछ । आयआर्जनमा सफलता रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
विगतको गल्तिलाई सुधार गर्ने समय रहेको छ । जग्गा, जमिन भूमिबाट सफलता रहनेछ । नवीन कार्यको शुरुवात गर्ने समय रहेको छ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
समय अनुसार कार्य व्यवस्थापन गर्न नसक्दा समस्या रहनेछ । सहयोग गर्नेहरुबाट विश्वासघात रहनेछ । सन्चित रकम खर्च गर्ने वेला भएको छ ।

वास्तु ज्ञान

वायव्यकोण घरमा बस्ने मानिसमा अस्थिर भावना प्रकट हुन्छ ।

पश्चिम र उत्तर दिशाको वीचलाई वायव्यकोण भनिन्छ । वायव्यकोणको स्वामी चन्द्रमा हो । मुख्यद्धार वायव्यकोणमा हुन्छ त्यस घरमा चन्द्रमाको अधिक प्रभाव रहन्छ । चन्द्रमाको स्वभाव चन्चल र अस्थिर मानिने हुँदा यो कोणमा मुख्यद्धार भएको घरका व्यक्तिको स्वभाव चन्चल अस्थिर रहन्छ । सोच विचार नगरी कार्य गर्ने स्वभाव हुने हुँदा क्रोध रीस तुरुन्त नै उठने हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here